कम्बोडियामा सबैलाई कोरोनाको खोप निःशुल्क दिइने

कम्बोडियामा सबैलाई कोरोनाको खोप निःशुल्क दिइने

कम्बोडियाका जनतालाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने जानकारी दिए । आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालाहरुसँग परामर्श गर्न पनि निर्देशन दिएका छन् । 

त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सबै जनतालाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न पनि निर्देशन दिएका हुन् । 

पहिलो चरणमा उच्च जोखिममा रहेका जनतालाई लगाउनेगरी १० लाख खोप ल्याउने योजना बनाइएको छ । एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख खोपले झण्डै पाँच लाख मानिसलाई हुने उनले बताएका छन् ।

दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनको भनाइ छ । 
दक्षिण एसियाली यस मुलुकमा अहिलेसम्म ३४८ जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३०६ जना संक्रमणमुक्त भइसकेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.