'पोर्नहब'ले बालिकामाथि बलात्कार गराएको भन्दै छानविनको माग

'पोर्नहब'ले बालिकामाथि बलात्कार गराएको भन्दै छानविनको माग

वासिंटन: अमेरिकन कंग्रेसका रिपब्लिकन सांसदहरुले पोर्नसाइट 'पोर्नहब'माथि छानविन गर्नुपर्ने भन्दै आवाज उठाएका छन् ।

न्युयोर्क टाइम्सले हालै उक्त साइटले बलात्कार गरेको 'सेक्स भिडियो' सार्वजनिक गरेको कुरा उल्लेख गरेपछि सांसदहरुले छानविनको माग गरेका हुन् । न्युयोर्क टाइम्समा भने पुलित्जर पुरस्कार विजेत समेत रहेका निकोलस क्रिस्टोफले आफ्नो स्तम्भमा यस्तो दावी गरेका थिए ।

निकोलसले आफ्नो लेख 'पोर्नहबका बालबालिका' शिर्षकमार्फत पोर्नहबले बलात्कार सम्बद्ध भिडियो समेत सार्वजनिक गरेको दावी गरेका थिए । पोर्नहबले बालबालिकालाई समेत भिडियोमा प्रयोग गरेर शोषण गरेको भन्दै उक्त कम्पनीमाथि कडा आलोचना गरेका छन् ।

साथै उक्त कम्पनीले बालबालिकाको बलात्कार, बदलामा आधारित पोर्नोग्राफी, जासूसी क्यामेराबाट खिचिएका भिडियो, रंगभेदी सामग्रीलाई प्रवर्द्धन गर्ने भिडियो बनाउने गरेको भन्दै क्रिस्टोफले लेखमार्फत टिप्पणी गरेका छन् ।

भिडियोमा अधिकांश बालिका शोषित नभए पनि थुप्रै बालिकामाथि शोषण हुने गरेको सवाल उनले उठाएका छन् । क्रिस्टोफले केही किशोरीहरुको व्यक्तिगत जीवनकथाबारे समेत लेखमा उल्लेख गरेका छन् । 

पोर्नहबलाई बलात्कार, यौन शोषण र दुर्व्यवहारबाट पैसा कमाउने गरेको भन्दै त्यस्तो गर्नु स्वीकार्य नभएको पनि क्रिस्टोफले जनाएका छन् । न्युयोर्क टाइम्समा प्रकाशित उक्त लेखमा पोर्नहबमाथि यस्तो प्रश्न उठेपछि सांसद र मानवअधिकारकर्मीहरुले समेत प्रश्न उठाउन थालेका छन् ।

पोर्नहबले भने कम उमेरकाहरुमाथि यौन दुर्व्यवहार भएको कुरालाई बारम्बार अस्वीकार गर्दैआएको छ । साथै विज्ञप्ति निकाल्दै यो पेशा सुरक्षित रुपमा गराएको पनि दावी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.