अमेरिकी रक्षामन्त्रीमा बाइडेनले पूर्व आर्मी जनरल अस्टिनलाई चयन गरे

अमेरिकी रक्षामन्त्रीमा बाइडेनले पूर्व आर्मी जनरल अस्टिनलाई चयन गरे

वासिंटन: अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले रक्षामन्त्रीको रुपमा पूर्वसैनिक जनरल लोयड अस्टिनलाई चयन गरेका छन् ।

यदी ६७ वर्षीय अस्टिनको नाम अनुमोदन भएमा उनी अमेरिकामा रक्षामन्त्री बन्ने पहिलो अफ्रिकन अमेरिकन समेत हुनेछन् । बाराक ओबामा राष्ट्रपति छँदा ओबामाले पनि उनलाई अमेरिकी सेन्ट्रल कमाण्डको जिम्मा दिएका थिए ।

यसअघि रक्षामन्त्रीको रुपमा सुरक्षा सम्बन्धी बरिष्ठ अधिकारी मिसेल फ्लोरनोयको नाम चर्चामा रहे पनि बाइडेनले केही ढिलो गरी अस्टिनको नाम चयन गरे । तर यो प्रक्रिया सम्पन्न हुन संसदको अनुमोदनको खाँचो भने पर्नेछ । अस्टिन सेनाबाट अवकाश पाएको ७ वर्ष अझै नपुगेकाले उनको नाममा प्रश्न उठ्नसक्ने बताइन्छ ।

अस्टिनले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन् । बाइडेनले २०२१ को जनवरी २० मा राष्ट्रपति पदको सपथ लिने बताइएको छ । सिएनएनका अनुसार बाइडेनले यही साताको अन्त्यतिर मात्रै अस्टिनलाई रक्षामन्त्रीको प्रस्ताव गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.