डेटिङमा सेलेना

डेटिङमा सेलेना

न्युयोर्क : चर्चित अमेरिकी गायिका तथा नायिका सेलेना गोमेजका लागि सन् २०२० ‘खास’ रह्यो। हालै रिलिज नयाँ एल्बम ‘रेअ’को सफलतापछि उनले आफ्नै मेकअप लाइन ‘रेअर ब्युटी’ सार्वजनिक गरेकी छन्। 

अमेरिकी फेसन म्यागजिन कस्मोपोलिटनका अनुसार सेलेनाले लकडाउनको बीचमा एचबीओ च्यालनमा आफ्नै ‘कुकिङ सो’ पनि सुरु गरेकी छन्। यसबाहेक यो वर्ष उनको प्रेम सम्बन्धले पनि नयाँ मोड लिन लागेको खबर छ। हाल सेलेनाको नाम अमेरिकी बास्केटबल खेलाडी जिम्मी बटलरसँग जोडिएको छ। सन् २०१८ मा पप गायक जस्टिन बिबरसँग ब्रेकअपपछि उनी सिंगल थिइन्। यसबीचमा दुई वर्ष उनी आफ्नो व्यवसायमा केन्द्रित रहिन्। अब भने उनी फेरि आफ्नो प्रेम जीवनलाई अघि बढाउने सुरसारमा देखिन्छिन्। सेलेना र जिम्मी एकसाथ समय बिताइरहेका छन्।

अझै पनि आफूलाई ‘सिंगल’ बताउँदै आएकी सेलेनाले आफू सम्बन्धमा रहेको, नरहेको केही खुलाएकी छैनन्। सन् २०१७ मा मिर्गौला प्रत्यारोपणपछि सेलेनाको स्वास्थ्य अवस्था कमजोर थियो। त्यसयता उनले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई बढी ध्यान दिइरहेकी थिइन्। आहिले जिम्मीसँगको सम्बन्धपछि उनका फ्यानहरू उत्साहित छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.