तीन वर्ष वितिसक्दा पनि बनेन डेढ किलोमिटर सडक

तीन वर्ष वितिसक्दा पनि बनेन डेढ किलोमिटर सडक

परासी : ३ वर्ष वितिसक्दा पनि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा निर्माण भइरहेको डेढ किलोमिटर सडक अझै पूरा हुन सकेको छैन । निर्माण कम्पनीको लापरबाही र स्थानीय तहको बेवास्ताका कारण निर्माण कार्य सम्पन्न हुन नसकेको हो । 

जिल्ला सदरमुकामको निलो गेटदेखि बुद्धचोकसम्म डेढ किलोमिटर सडक फोर लेनको रुपमा विस्तार हुँदै छ । निर्माणका क्रममा सडकको काम अधुरै छाड्दा सदरमुकामकै अवस्था बिजोग देखिएको छ । 

पीच निर्माणका लागि भन्दै ३ महिना अघिबाट सडक छेउमा गिट्टीहरु लथालिङ छाडिएको छ । सडक पेटी र छेउछाउमा हुने काम पनि अधुरै छ । त्यस्तै धूलोका कारण जनजीवन सास्ती बनेको छ । 

शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले सडक निर्माणको काम सुरु गरेको हो । सडक निर्माणका लागि महालक्ष्मी सुनकोशी वल्र्ड वाईज जेभी काठमाण्डौंले कुल १५ करोड ९७ लाखमा ठेक्का लिएको छ । 

डिभिजन कार्यालयबाट भएको निर्माण कार्यको स्थानीय स्तरमा अनुगमन र सहजीकरण गर्न रामग्राम नगरपालिकालाई जिम्मेवारी दिइएको छ । तर नगरपालिकाले वास्ता नगर्दा सदरमुकामको अवस्था बिजोग बनेको छ । 

२ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने शर्तमा २०७४ असार २९ गते कम्पनीले सडक निर्माणको सम्झौता गरेको थियो । समयमा काम सम्पन्न गर्न नसकेपछि ३ पटकसम्म म्याद थप गरिएको छ । पछिल्लो पटक कोरोना संक्रमणको कारण देखाउँदै २०७७ पुस मसान्तभित्र काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनका इन्जिनियर माधव कटुवालले जानकारी दिए । 

दुवैतर्फ सडकको चौडाइ १ सय फिट (३०.५ मिटर) छ । जसमा नाली, फुटपात, डिभाईडर, हरियाली क्षेत्र, सोलार, कर्व स्टोन, टिक ड्रेनलगायतका संरचना निर्माण हुने छन् । त्यसैगरी कालोपत्रे, सडक पेटी रङरोगन, पेन्टिङ र टिक ड्रेन निर्माण रहेका छन् ।

ती कुनै पनि काम पूरा भएका छैनन् । पीच निर्माणमा प्रयोग हुने सामाग्री राख्नका लागि ठाउँ अभाव भएर ढिलाइ भएको बताए । निर्माण अवधिको म्याद नथपिए २/३ महिनामा पीच हुने उनले बताए । रामग्राम नगरपालिका अनुगमन समिति संयोजक एंव उपप्रमुख रम्भा कुँवरले समयमा सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई ताकेता गरेपनि अटेरी गरेको बताईन् । 'हामीले अनुगमन र सहजीकरण गर्ने हो । अहिले पनि ताकेता गरिरहेका छौं । अन्तिम पटक थपिएको अवधिभित्र काम सम्पन्न हुन्छ भनेर ठेकेदारले भनेका छन्,' उनले भनिन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.