निम्तोमा व्यस्त जीवन

निम्तोमा व्यस्त जीवन

काठमाडौं : जीवन पराजुली नेपाली सिनेमा उद्योगमा विगत एक दशकदेखि छायाकारका रूपमा कार्यरत छन् ।  एक दर्जन चलचित्र छायांकन गर्न भ्याएका पराजुली काभ्रे, मण्डनदेउपुर—१२ का स्थानीय बासिन्दा हुन् । सिनेमाटोग्राफरको भीडमा अब्बल छायाकारको रूपमा चिनाउन सफल पराजुली चलचित्रलाई मनोरञ्जन र समाज परिवर्तनको संवाहक मान्छन् । 

उनी स्कुले जीवनदेखि नै कला क्षेत्रप्रति लगाव राख्दै कला क्षेत्रमा निरन्तर लागिपरेका उनी चलचित्रलाई विश्व बजारसम्म पु¥याउन सबैले योगदान दिनुपर्ने बताउँछन् । सुटिङ युनिटमा सबैसँग मिलेर सहकार्य गर्न सिपालु पराजुली यतिबेलो विजय केरुङको निर्देशन रहने चलचित्र ‘निम्तो’ को छायांकनमा व्यस्त छन् । 

निरन्तर नेपाली चलचित्र जगत्मा आफ्नो उपस्थिति खरो रूपमा गराउँदै आएका पराजुली आफ्नो कामको माध्यमबाट नेपाली कलाप्रेमी र दर्शकको मन मस्तिष्कमा बस्न सफल छन् । पराजुलीले चियर्स, झमकबहादुर, काले दाइ, मेरो आफ्नो, निर्जला, किन रुन्छ मेरो मन, खतरनाक, स्पर्श आदि चलचित्रमा आफ्नो काम गर्ने क्षमता उजागर गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.