रोजगारी गुमेपछि कृषितिर
महेन्द्रनगर : कोभिड -१९ का कारण रोजगारी गुमेपछि गत असारमा मेलेसियाबाट स्वदेश फर्केका कञ्चनपुरको बेदकोट नगरपालिका –७ का उमेश धामी लसुन खेतीमा लागेका छन्।
घरको आर्थिक अवस्था कमजोर भएपछि पढाइ बीचमै बिट मारेर दुई वर्ष अगाडि रोजगारीका लागि मलेसिया पुगेका उनी विदेशको दुःख भन्दा स्वदेशमै केही गर्नुपर्छ भन्नेमा पुगे ।
बेदकोट नगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएकाहरुका लागि कोभिड –१९ प्रतिक्रिया र सामाजिक ,आर्थिक पुरन प्राप्ति परियोजना कार्यक्रम ल्याएपछि उनलाई उत्साह थपियो ।
कोरोना प्रभावितहरुलाई रोजगारीको सिर्जनासँगै कृर्षिमा व्यवसायीकरणका लागि नगरपालिकाले विभिन्न वडालाई पकेट क्षेत्र निर्धारण गरेपछि उनको वडा लसुन पकेट क्षेत्रमा परेपछि उनी व्यवसायिक रुपमै लसुन खेतीमा लागेका हुन ।
'विदेशको दुःख सम्झेर आफ्नौ ठाउँमा केहीगर्न सोचेको थिए, 'धामीले भने, 'नगरपालिकाबाट लसुन खेति गर्न तालीम, बिउ विजन र प्राविधिक सहयोग पाएपछि कृर्षि गर्न सजिलो भयो ।'
नगरपालिकाको सहयोग पाएपछि उनले अहिले ४ कठ्ठा जग्गामा लसुन खेती गरिरहेका छन् । यसैगरी कोरोना महामारीकै बीच भारतको दिल्लीबाट गत बैशाखमा स्वदेश फर्किएका बेदकोट -८ का लालीराम कामी सिमानाका र क्वारेन्टाइन बसाइको दुःख सम्झेर रोजगारीका लागि भारत नजाने निष्र्कशमा पुगे ।
'लसुन खेतीका लागि नगरपालिकाबाट सबै सहयोग पाएको छु अब यही कृर्षि गर्छु, ' कामीले भने, 'विदेशको दुःख भन्दा यही लसुन खेती र कुखुरा पालन गर्छु ।'३ कठ्ठा जग्गामा लसुन खेती गरिरहेका उनले विस्तारै खेती विस्तार गर्ने लक्ष्य रहेको सुनाए ।
नगरपालिकाले नगरका विभिन्न वडामा कृषि पकेट क्षेत्र निर्धारण गरी कोरोना प्रभावितहरुलाई स्वरोजगार बनाउन कोभिड –१९ प्रतिक्रिया र सामाजिक ,आर्थिक पुरनप्राप्ति परियोजना कार्यक्रम लागु गरेपछि रोजगारी गुमाएका थुप्रै युवाहरु कृर्षिमा लागेका छन ।
कोरोना प्रभावितहरुलाई रोजगारीको सिर्जना संगै कृर्षिमा व्यवसायिकिकरणका लागि नगरपालिकाले पकेट क्षेत्रका आधारमा विभिन्न आय मुलक कार्यक्रमहरु सञ्चालन गरेको छ । नगरपालिकाको १ र २ मा आलु खेती, ३ र ४ मा च्याउ खेती, ५ र ६ मा खुसार्नी खेती, ७ र ८ मा लसुन खेती र वडा नम्वर ९ र १० मा प्याज खेती पकेट क्षेत्र बनाएर बेरोजगार युवाहरुलाई कृर्षिमा लाग्न तालीम र प्राविधिक सहयोग गरिरहेको छ । नगरपालिकाले युवाहरुलाई पहिलो चरणको तालिमसमेत सम्पन्न गरिसकेको छ ।
त्यसै गरी दैनिक मजदुरी गरेर जिविकोपार्जन गरिरहेकाहरुले पनि कोरोना कारण रोजगारी गुमाएपछि च्याउ खेतीमा लागेका छन । बेदकोट नगरपालिका –३ स्थीत आशापुर मुक्त कमैया शिविरमा च्याउँ खेतीका नगरपालिकाले तालीम र प्राविधिक सहयोग गरेपछि मुक्त कमैया महिलाहरु च्याउखेतीबाट मनग्य आम्दनी गरिरहेका छन ।
दसैंअघि च्याउको बेर्ना राखेकी आशापुर शिविरकी रामदुलारी चौधरी हरेक तेस्रो दिन रु ५ हजार आम्दानी गरिरहेको बताइन् । 'पहिला मजदुरी गरेरला मजदुरी गरेरर खर्च चल्थ्यो बन्द भएपछि घर खर्च चलाउनै समस्यामा भयो,' उनले भनिन, 'अहिले हरेक तेस्रो दिन च्याउँ बेच्न महेन्द्रनगर बजारसम्म पुग्छु ५ हजारसम्म आम्दनी हुन्छ ।'
उनले प्रतिकिलो २ सय ५० का दरले च्याउँ बिक्री गर्ने गरेको बताइन् । यस वर्ष ७० पोका बेर्ना राखेको बताउँदै उनले यो वर्ष १ लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको सुनाइन् ।
'च्याउँबाट राम्रो आम्दानी हुने रहेछ अर्को वर्ष थप खेती विस्तार गर्छु, 'उनले भनिन, 'अहिले त घर खर्च यसैबाट चलाएकी छु ।' त्यस्तै आशापुर शिविरकै आशादेवी डगौराले पनि च्याउँखेती बाट घरखर्च चलेको बताइन् ।
'श्रीमान र म दुबै मजदुरी गर्न जान्थ्यौं, बन्द भएपछि काम पाइएन, 'उनले भनिन, 'अहिले हामी दुवैजना कृर्षिमा लागेका छौं कमाई राम्रै छ ।'
नगरपालिकाले यस वर्ष मात्रै कोविडबाट प्रभावित भएका युवा तथा विभिन्न नागरिक लगाएर ४ सय ५ जनालाई कृषि क्षेत्र बाटै रोजगार बनाउने योजना बनाएको नगरपालिकाले जनाएको छ ।
त्यसका लागि बेदकोट नगरपालिकाको एक करोड र युएनडीपीको एक करोडको लगानीमा कोभिड– १९ प्रतिक्रिया र सामाजिक, आर्थिक पुनरप्राप्ति परियोजना कार्यक्रम लागु गरिएको परियोजनाका संयोजक तथा स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले जानकारी दिए ।
'कोरोना प्रभावित,एकल महिला,दलित र जनजातीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरो छौं, उनले भने, 'यो कार्यक्रम अन्र्तगत ४ सय ५ जनालाई प्रत्यक्ष रुपमा उद्यमी बनाउ लागेका छौं ।'
उनले उद्यमीहरुलाई कृर्षिमा आवश्यक औजार उपकरण लगायतको प्राविधिक सहयोग स्वीट नेपालले गरिरहेको बताए ।कोरोनाका कारण विदेशबाट रोजगारीका गुमाएर स्वदेश फर्केका युवाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गरेर कृर्षिमा आत्मनिर्भर हुनका लागि नगरपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको नगरपालिका उप प्रमुख शुसिला सिंहले बताइन् ।
'नगरपालिकालाइृ कृर्षिमा आत्म निर्भर गर्नका लागि वडालाई पकेट क्षेत्र छुट्याएका छौं, 'उनले भनिन्, 'यसले रोजगारीको सिर्जना हुनुका साथै आय स्तरमा समेत वृद्धि हुन्छ ।'