ढुंगा अभावले महाकाली पुल निमार्ण प्रभावित

ढुंगा अभावले महाकाली पुल निमार्ण प्रभावित

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्तनगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको अन्य संरचना निर्माणका लागि ढुंगा 

अभाव हुँदा निमार्ण कार्य प्रभावित भएको छ ।

महाकालीमा बन्ने पुलसँगै दुवैतर्फ पोखरीको बाँध निर्माणका लागि २६० किलोभन्दा माथिको १ लाख ४१ हजार घनमिटर ढुंगा आवश्यक पर्ने भए पनि ढुंगा नहुँदा बाँध निर्माणमा ढिलाइ भइरहेको छ । 

पुल निर्माण गरिरहेको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सर्टक्सन कम्पनी (सिएफासी) को जोइन्ट भेञ्चरका इञ्जिनीयर किशोरराज पाण्डेयले बाँध निर्माणका लागि २६० किलोभन्दा माथिको ढुंगा आवश्यक भएकाले ढुंगा नहुँदा पुल निमार्णको ३० प्रतिशत काम प्रभावित भएको बताए ।

'२६० किलोभन्दा माथिको ७० प्रतिशत ढुंगा आवश्यक छ ,'पाण्डेयले भने,'अहिले ढुंगा अभाव हुँदा ३८ सय मिटर बाटो र बाँध निमार्णको काम प्रभावित बनेको छ ।' पुलको दुवैतर्फ १.२ वर्गकिलोमिटर क्षेत्रफलका दुई वटा पोखरीसमेत निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । 

कञ्चनपुरको भीमदत्तनगरपालिकाको उत्तर चुरेको फेदबाट पुलका लागि आवश्यक ढुंगा ल्याउनका लागि यसअघि यहाँको स्थानीय तह,जिल्ला प्रशासन कार्यालय र यस क्षेत्रका निर्वाचित सांसदहरुले निर्णय गरेर ढुंगा ल्याउने सहमति भएपनि  निमार्ण कम्पनीले ढुंगा ल्याउँदा यहाँका स्थानीयले अवरोध गरेपछि काम प्रभावित भएको हो । 

ढुंगाको समस्याले पुल निमार्णको अन्य काममा समेत अन्योलता सिर्जना भएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरले जनाएको छ । महाकाली पुल योजना कार्यालयका इञ्जिनीयर ध्रुवकुमार झाले खहरे खोलाबाट ढुंगा दिन्छौँ भनेर जनप्रतिनिधिसहितको उपस्थितिमा स्थानीय तहले दिने निर्णय गरे पनि स्थानीय र वनको अवरोध भएपछि निमार्ण कम्पनीले ढुंगा ल्याउन नसकेको जानकारी दिए । 

'पुल निमार्णको काम चलेपनि ढुंगाको कारणले अन्य ३० प्रतिशत काम प्रभावित बनेको छ, ' इञ्जिनीयर झाले भने, 'बाँध निमार्ण गर्न नसके कालोपत्रेको तयारीमा रहेको पहुँच मार्ग र अन्य संरचना समेत धरापमा पर्ने खतरा छ ।'

उनका अनुसार पुल संगै बन्ने दुवैतर्फ पोखरीको बाँध निर्माणका लागि २ लाख घनमिटर ढुंगा आवश्यक पर्छ जसमध्ये ७० प्रतिशत ढुंगा २६० केजी भन्दामाथीको चाहिएको हो । 

'हामीले ढुंगा उत्खनन गर्ने होइन,संकलन गर्ने हो निमार्ण कम्पनीले दस्तुर तिरेर ल्याउने हो, 'उनले भने, 'त्यसका लागि सबैले सहजीकरण गरिदिए आगामी फागुनसम्म पुल निमार्ण सम्पन्न हुन्छ ।'

ढुंगाकै कारण काममा अवरोध सिर्जना भए बनेका संरचना पनि धरापमा पर्ने र पुल निमार्णको कार्य अन्योलमा हुने उनले बताए । तीन अर्ब २७ करोड लागत रहेको पुलको निर्माण ०७८ जेठ भित्र सक्नुपर्ने समय तोकिएको भएपनि विभिन्न अवरोधका कारण समयमै पुल सम्पन्न हुने अवस्था भने छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.