‘ओई माया’ दोहोरी गीतमा सुबोध (भिडियो)
हास्य कलाकार सुबोध गौतम म्युजिक भिडियोमा बाक्लै देखिन थालेका छन् । ‘ओई माया’ बोलको दोहोरी गीत तथा भिडियोमा उनले अभिनय गरेका छन् ।
युट्युबबाट सार्वजनिक गरिएको ‘ओई माया’ मा टेक अधिकारी र सिर्जना खत्री हाउडे मायाको स्वर रहेको छ । ओई माया गीतका शब्द सिर्जना टेक अधिकारीले नै गरेका हुन् । संगीतकार तथा एरेन्जर रेशम प्रधान रहेका छन् ।
भिडियो निर्देशन युवराज खत्री र नृत्य निर्देशक प्रविन थापाले गरेका हुन् । भिडियोको अभिनयमा गौतम, आयुष्मा कार्की, राजु भुजेल, देव बराल फरिता खड्का लगायत रहेका छन्।