शिक्षक हत्याप्रति आयोगद्वारा भर्त्सना

शिक्षक हत्याप्रति आयोगद्वारा भर्त्सना

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’समूहले मोरङको मिक्लाजुङमा गरेको शिक्षक हत्याको भर्त्सनासहित राष्ट्रिय मानवअधिकार आयोगले दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेको छ।

आयोगले कुनै व्यक्तिलाई विचार, आस्था र आशंकाका भरमा स्वेच्छाचारी रूपमा कब्जामा लिएर यातना दिने र हत्या कार्य तत्काल रोक्न भनेको छ। हत्याजस्तो गम्भीर अपराधका घटनाप्रति आयोगले खेद प्रकट गरेको छ। विप्लव समूहले मंगलबार मोरङ मिक्लाजुङ–१ स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेको थियो। उक्त प्रकरणमा आयोगको प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन गरिरहेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

आफ्ना विचारमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोगले विप्लव समूहको ध्यानाकर्षणसमेत गराएको छ। ‘नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ। आफ्ना राजनीतिक विचार अभिव्यक्त गर्ने, बिना हातहतियार भेला हुने, शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने तथा असहमतिहरूलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको छ’, आयोगले भनेको छ, ‘आफ्ना विचारमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोग नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गर्दछ।’

नेपाल मानवअधिकार संगठनले पनि एक विज्ञप्तिमार्फत घटनाको अविलम्ब छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेको छ। कुनै पनि बहानामा कुनै पनि प्रकारको हिंसाको औचित्य नभएको भन्दै तत्काल हत्या, हिंसा रोक्न संगठनले ध्यानाकर्षण गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.