नेता र नेतृत्वमा ऊँट प्रवृत्ति

नेता र नेतृत्वमा ऊँट प्रवृत्ति

धेरै पहिले एउटा ऊँटले ठूलो तप गर्‍ यो। ब्रह्माजीले खुसी हुँदै वरदान माग भने। ऊँटले बसीबसी खान पाऊँ भन्यो। अल्छी ऊँटलाई ब्रह्माले वरदान दिए। ऊँटको घाँटी चार सय कोस लामो भयो। अब चार सय कोसवरिपरिका सरसामग्री खान कुनै अवरोध भएन। आफ्नो इच्छाअनुसार सुतीसुती खान थाल्यो। विनापरिश्रम बसीबसी खाने बानीले ऊ बेस्सरी मोटायो। एक दिन स्याल आयो। मोटो घाँटी र डम्म परेको ऊँटको शरीर देखेर स्यालको जिब्रो रसायो। सुतेको ऊँटमाथि चढेर घाँटीको ताजा रगत चुस्न थाल्यो। जीउभन्दा धेरै ठूलो घाँटी भएको ऊँट यताउता चल्मलाउन र हल्लिन सकेन। बिचरो ऊँटको रगत स्यालले मनग्गै खाइदियो।

ऊँट र हाम्रा नेता र नेतृत्वको प्रवृत्ति या स्वभाव उस्तै छ। हाम्रो नेतृत्व धेरैजसो बालुवाटारकेन्द्रित हुन थालेको छ। नेतृत्व पनि सबैलाई बालुवाटारमै बोलाउँछन् अरूले नगरेको काम गर्न होइन, सधैं अरूले गरेको काम गर्न। यसरी कसरी परिवर्तन हुने ? चीनमा माओत्से तुङले गरेको काम गरिरहेको भए देङ सियाओ पिङ कसरी उदाउँथे र ? उनले देखाएको बाटामा हिँडेको चीन आज अमेरिकालाई उछिन्ने भइसकेको छ। हामीचाहिँ उही पुरानै सोचअनुसार अगाडि बढिरहेका छौं र जहाँको तहीं रहेका छौं।

नेता र नेतृत्वले शक्तिशालीसामु जोरी खोज्नु हुँदैन। अर्थोडक्स उही पुरानो सोच राखेर पनि हुँदैन। ठूलाठूला नदी र बर्खाको भेलमा ठूला, अग्ला रूख लडेर, पग्लेर र बगेर जान्छन्। नलच्कने रूखहरूको समस्या छ। भेल आउँछ, उडाएर लैजान्छ। लच्कने निगालो हेरौं न ! हावा आए पनि हल्लिदिने मात्रै, भेल आए पनि मुन्टोले भेललाई ढोगिदिने मात्रै ! कहीं पछारिनुको डर छैन। निगालो नरम छ, कमलो छ, पहिरोमा परे पनि अलितल पुग्छ फेरि जस्ताको तस्तै। ठूलो रूख झैं हेलिएर पल्लो सागरसम्म पुग्नै नपर्ने।

हाम्रा नेता र हाम्रो नेतृत्व पनि यस्तै छ। सुगौली सन्धिमा लचकदार। सन् १९५० को सन्धिमा नरम। त्यत्रो नाकाबन्दीमा सहनशील। विदेशीले मौलिक धर्म उडाउँदा चुप। मौलिक संस्कृति र भाषामा आगो लगाउँदा ताली बजाउने, धार्मिक पर्वमा राजनीति मिसिंदा गौरव ठान्ने, निहुरीमुन्टी न नै गर्नुपर्ने कति नरम ? दिल्ली दौड प्रतियोगिता पुरानै चलन मान्ने ! अन्त्यमा ‘रअ’ सँग गोप्य वार्ता !  त्यसैले सहनु बुद्धिमानी हो। एउटा कथा छ–

एक साधक थिए।  आश्रममा आउनेलाई जे चाहियो त्यही दिन सक्थे उनी ! वरदान सावित हुन्थ्यो उनीकहाँ गएपछि। धेरैको आवतजावत देखेपछि ती साधकले पालेको कुकुरले थाहा पाएछ। हाम्रा मालिक त साँच्चै तपस्वी र मनका कुरा ठ्याक्कै बुझ्ने। जे माग्यो सो पूरा गरिदिने ! मलाई पनि त डरबाट मुक्ति गरिदिए हुन्थ्यो नि ! कुकुर मनमनै सोच्न थालेछ– भोगमा रोगको डर छ। कूलको इज्जतबाट खसिएला भन्ने डर हुन्छ। कुलिन हुनेलाई पनि डरैडर छ। धन कमायो, राज्यको डर छ एकातिर भने अर्कातिर चोरी र आगलागीको। इज्जत कमायो, गुम्ला भन्ने डर। बलियो भयो शत्रुको डर। रूप राम्रो भयो बुढ्याइँले छाला चाउरी पार्ने डर। धुरन्धर विद्वान् पढेर ठूलो भयो मूर्खको डर। मान्छे भई जन्म्यो मरिने डर। धरहरा अग्लिएकै कारणले ढलेको हो नि !

कुकुरले सोच्दै गयो। आफ्ना कुरा राख्यो भने मालिक रिसाउने पो हुन् कि ? उसलाई डर थियो। फेरि उसले सोच्यो– ठूलो बन्ने आशीर्वाद त पाइएला माग्यो भने तर तँ यहाँ बस्नु पर्दैन जा स्वर्गतिर भनिदिए के गर्ने हो ? स्वर्गमा आफ्नो खानपिन मिल्दैन। कुकुर भावुक  चिन्तनमा थियो। उसले एक दिन मुख फोर्‍ यो आफ्नो मालिकसँग– ‘हजुर मलाई डर छ चितुवाबाट ! कृपया चितुवा नै बनाइदिनुस् न मलाई।’ तपस्वीको फु मन्तरले कुकुर चितुवामा परिणत भयो। तपस्वीको संगत उसले थाहा पाइहाल्यो। बाघको डर हुने रहेछ। उसले बिन्ती गर्‍ यो मालिकलाई। तपस्वीले भने, ‘तँ अब बाघ भइस्’ डराउनु पर्दैन। बाघले फेरि सोच्यो– हात्तीको डर त कहाँ कम हुन्छ र ! बाघको मलिन अनुहार देखेर तपस्वीले कुरा बुझे। बाघलाई तुरुन्तै हात्तीमा परिणत गरिदिए। फेरि हेरे हात्तीको मुख अँध्यारै छ। तपस्वीले कुरो बुझे।

धेरै देश असल व्यक्तित्वका असल नीति अनुसरण गरेर अगाडि बढेका छन् र सम्पन्न भइसकेका छन्। हाम्रा नेता र नेतृत्व ऊँट प्रवृत्ति बोकेर सधैं गरिरहन्छन् खिचातानी।

यसलाई पक्कै सिंहको डर भयो, अब सिंह नै बनाइदिन्छु। हात्ती सिंह भयो। हेर्दाहेर्दै आफ्नो कुटीको सुरक्षामा राखिएको कुकुर त  जगल्टे सिंह पो बनिसक्यो। सिंहको मुख अँध्यारोको अँध्यारै देखियो। तपस्वीले फेरि वरदान दिए– तँलाई तेरो शत्रु हुँडारको डर छ, अब तँ हुँडार नै भएस्। हुँडार बनेपछि हुँडारले आफ्नो खाजा खोज्यो। अब उसको खाना भनेको आफ्नै मालिक तपस्वी नै थिए। अरू कोही थिएन त्यहाँ। तपस्वीप्रति जाइलाग्न लागेको संकेत भयो उनलाई। तुरुन्तै फु मन्तर गरे उनले– तँ कृतघ्न भइस्, कृतज्ञ हुन सकिनस्। अब तँ आफ्नै शरीर कुकुर भएस्। हुँडार कुकुर नै भयो। विचरा हाम्रो नेतृत्वले राम्ररी बुझेको छ। हामी यति ठूला भयौं कतिको वरदान आशीर्वाद पाएर। झुक्न बिर्सियो भने फेरि हालत पुरानै हुने पो हो कि !

स्वदेशीपन नै सबैतिर अपनाउन सके सबै क्षेत्र राम्रो र असल हुन्छ। मान्छे, समूह र राज्यको सबैको सम्पत्ति भनेको शील र स्वभाव नै हो। आफ्नो छुट्टै पहिचान पनि यसैमा निहित हुन्छ। शील भए स्वर्ग जित्न सजिलो हुन्छ। उहिलेको कुरा हो। दानव कुलमा जन्मे पनि गुरु नारदले प्रह्लादलाई माता कयाधुका गर्र्भमै अनुशासन र शील स्वभाव सिकाएका थिए। आफ्नो आचरणकै भरमा प्रह्लादले स्वर्गको इन्द्रपुरी हात लगाए तत्कालीन विद्रोही माओवादीले जस्तो सत्रौं हजार मान्छे मारेजस्तो गरी होइन। महात्मा गान्धीले अंग्रेज छोडो आन्दोलनमा पनि अहिंसाकै बाटो लिएका थिए। मारकाटै गरेर सत्ता पुगिन्छ भन्ने होइन। पाण्डवहरूले पनि आखिर सत्ता पाइ नै हाले भला धेरै वर्ष बनवासी हुनुपर्‍ यो। स्वर्ग गुम्यो इन्द्रको। उनी गए गुरु वृहस्पतिसामु र भने, ‘स्वर्ग फिर्ता गर्नुपर्‍ यो।’ दानवराज बलिका छोरा प्रह्लादले सर्वनाश गर्‍ यो, स्वर्ग छिनेर लियो। वृहस्पति एक्लैले इन्द्रको स्वर्ग फिर्ता हुने अवस्था भएन। यो प्रसंगलाई अर्का गुरु शुक्राचार्यलाई भन्न अनुरोध गरे इन्द्रले ! इन्द्र हस्याङफस्याङ गर्दै शुक्राचार्यकहाँ पुगे। आखिर उनका आफ्ना गुरु त उनी थिएनन् तर पनि अर्थ बताए। स्वर्ग लिने इच्छा भए उनै प्रह्लादकहाँ जानु भने शुक्राचार्यले। एक ब्राह्मणको रूप लिएर इन्द्र प्रह्लादकहाँ पुगे। उनले प्रह्लादलाई भने, ‘होइन यत्रो स्वर्ग तपाईंलाई कसरी मिल्यो हँ ?’ प्रह्लादले सटिक जवाफ दिए– हेर्नोस् बाहुनबाजे म कस्तो छु भन्ने तपाईंले ख्याल गर्नुस्, गुरुको वचन भुइँमा पर्नै दिन्न। यो धन, दौलत, स्वर्ग सबै मेरा गुरु शुक्राचार्यको कृपा त हो नि ! इन्द्ररूपी ब्राह्मणले प्रह्लादको ठूलो गुणगान गरे। प्रह्लाद खुसी भए। भने, ‘केही कुरा माग्नुस्’, इन्द्रलाई मौका मिल्यो। उनले मागे, ‘तपाईंको शील मलाई दिनुस्’ प्रतिज्ञामा हारेका प्रह्लादले भने, ‘हुन्छ लैजानुस् मेरो शील !’ अब प्रह्लादमा भएको शील फुत्तै उफ्रेर इन्द्रसामु पुग्यो। प्रह्लादसँग बाँकी रहेन। शील उफ्रदै भन्न लाग्यो, ‘राजन, तिम्रो आदेशले अब म इन्द्रकहाँ बस्छु, तिमीसँग होइन। म त धर्मको पछि लाग्ने हो। तिमीले धर्म छोड्यौ। मलाई त्याग्यौ। धर्म नसोचेर शीललाई त्याग्यौ। अब म कसो गरौं।’ एकैछिनमा प्रह्लादको शरीरबाट तेज प्रकट भयो। तेजस्वरूप मूर्ति प्रकट भएर प्रह्लादलाई भन्न लाग्यो, ‘राजन, सत्य भनेको म नै हुँ, तपाईंसँग बसेको थिएँ। मेरो धर्म भनेको शीलकै पछि लाग्ने हो, अब उतै जान्छु इन्द्रसँग !’

एकैछिनपछि प्रह्लादको शरीरबाट अर्को वस्तु बाहिर आउँदै भन्यो, ‘महाराज, सदाचार भनेको मै हुँ, तपाईंसँग बस्दै आएको। तपाईंले धर्म छाड्नुभयो। शील र धर्मसँग म पनि पछि लाग्नुपर्छ। म पनि उतै जान्छु है !’ सदाचार निस्किनासाथ प्रह्लादको शरीरबाट एउटा शक्ति उत्पन्न भयो। देवीको रूप थियो त्यो। साँच्चै धनकी प्रतीक लक्ष्मी हेर्दैमा राम्री। यस्तो बत्तीसै लक्षणकी देवीलाई देखेर प्रह्लादले सोधे, ‘देवी, तिमी को हौ नि ?’ उनले भनिन्, ‘लक्ष्मी भनेको मै हुँ, जहाँ धर्म, शील, नैतिकता र इमानदारी, सच्चरित्रता र सदाचार हुन्छ म उहीं बस्ने गर्छु।’ नभन्दै उनी इन्द्रतिर टाँसिन लागिन्। अब प्रह्लादलाई होस आयो। हैन यी को हुन् नि ? लक्ष्मीले हाँस्दै भनिन्, ‘यिनी कोही होइनन्, उनै स्वर्गका राजा इन्द्र !’

प्रह्लाद, तिमीसँग भएको सबै सर्वस्व लुटेर लगिसके यिनले। तिमीले पत्तै पाएनौ। तिमीमा रहेको धर्म, सत्य, सदाचार, लक्ष्मी सबै भागिसके। यसरी गुमेको श्रीसम्पत्ति इन्द्रले फर्काउन सफल भएथे सत्ययुगमा। शील र सदाचारविना नै द्वापरयुगमा दुर्योधनले स्वर्ग र राज्य पाउन खोज्यो। अन्ततः उसलाई नराम्रोसँग पछारिनुपर्‍ यो। त्यति मात्रै होइन धन मोहले दुर्योधनको वंश नै खत्तम भयो। सय भाइ कौरवको राज्य नष्ट भयो। भाँडभैलोमा परेर यदुवंश नष्टै भयोे।

हाम्रा नेता र नेतृत्वले बुझ्न जरुरी छ धर्म, हाम्रो मौलिक शील स्वभाव, नैतिकता, इमानदारी, आचरण, त्याग, निष्ठा, तप छोड्दा भविष्यमा के होला भनेर। पद र प्रतिष्ठाको उन्मादले स्थिरता दिन सक्दैन। जंगबहादुर र श्री ३ राणाहरूले सिंहदरबारका इँटामा आफ्नो नाम लेखाएका थिए, राजा बादशाहहरूको धोती खुस्केको देखिएकै हो। अहिले सम्पत्ति र नामको म्याराथन चलेको छ। स्कुल, कलेज, अस्पताल, पाटीपौवा, धारा, बाटाघाटा, आपूm र आफन्तका नाम राख्न होडबाजी चलेको छ। बुद्धले सारा संसारमा नाम कमाए सम्पत्ति र नाम नबेचीकन। मोतीराम भट्ट जम्मा ३० वर्ष बाँचे नाम अमर छ। जगतगुरु शंकराचार्य केवल ३२ वर्ष बाँचे, आज संसारभरि उनको नाम छ। रामकृष्ण परमहंस, विवेकानन्दको नाम अमर छ। टाढा नजाऔं, सिंगापुरका प्रधानमन्त्री ली कुआन युलाई हेरे पुग्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.