‘बाहिरी सुन्दरता कृत्रिम हो’

‘बाहिरी सुन्दरता कृत्रिम हो’

काठमाडौं : काठमाडौं चन्द्रागिरिकी २३ वर्षीया नम्रता श्रेष्ठले मिस नेपाल २०२० को उपाधि चुम्न सफल भइन्। उनले यसका लागि चार वर्षदेखि मेहनत गरिरहेकी थिइन्। २०१६ मा उनी पहिलो पटक यो प्रतियोगितामा सहभागी भएकी थिइन्। नम्रता समाजशास्त्रकी विद्यार्थी हुन् भने मन्टेश्वरी स्कुलकी शिक्षिका। उनलाई ससाना नानीहरूलाई पढाउन, सिकाउन र उनीहरूकै संसारमा रमाउन खुब मन पर्छ। भन्छिन्, ‘बच्चाहरूको संसार नै बेग्लै हुन्छ। धेरै जिज्ञासा, उत्सुकता, अनि चञ्चलता।’

मिस नेपालकोप्लेटफर्मलाई अवसरका रूपमा बुझेकी नम्रता सानैदेखि नाच्ने गाउने, आफ्ना कुरा निर्धक्क राख्ने स्वभावकी थिइन्। उनलाई सामाजिक काम गर्न मनपर्छ। उनलाई बलिउड अभिनत्री ऐश्वर्या राय खुब मनपर्ने। उनी मिस वल्र्ड हुन् भन्ने जहिलेदेखि थाहा पाइन् त्यति बेलादेखि ऐश्वर्यालाई पछ्याउन थालिन्। उनका फिल्म प्रायः छुटाउँदैन थिइन्। ८-९ कक्षामा पढ्ने बेलादेखि मिस नेपालको बारेमा जानकारी भयो। मिस नेपालहरू मिस वल्र्डमा सहभागी हुन जान्छन् भन्ने थाहा पाएपछि उनी भित्र मिस वल्र्डको सपनाले आकार लिन थाल्यो। कता कता ऐश्वर्या राय जस्तै बन्न सकिन्छ कि भन्ने रहरले मक्ख पर्न थालिन्। नेपालबाट गएर मिस वल्र्ड बन्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो उनलाई। यसपछि नै हो मिस नेपालप्रति लगाव जोडिएको उनको। त्यसैले दुई पटक सहभागी बनिन्, मेहनत गरिन्। र, चौथो प्रयासमा विजेता बनिछाडिन्। उनको अबको सपनाले मिस वल्र्डको ताज हेरिरहेको छ। 

 मिस नेपालहरू मिस वल्र्डमा सहभागी हुन जान्छन् भन्ने थाहा पाएपछि उनी भित्र मिस वल्र्डको सपनाले आकार लिन थाल्यो।

भन्छिन्, ‘मिस नेपाल आफूमा भएको बौद्धिकता प्रदर्शन गर्ने सही प्लेटकर्म हो। यसैको माध्यमबाट मिस वल्र्डमा सहभागी हुन सकिन्छ। यहाँ सहभागी हुने भनेको राम्री मात्रै पनि होइन। क्षमतावान् पनि हुनुपर्छ। ब्युटी प्याजेन्ट भएकाले आफूलाई कसरी प्रस्तुत गर्ने, प्रस्तुतीकरणको पाटोमा मुख्य ध्यान दिन जरुरी छ।’

मिस नेपाली तयारी गरिरहँदा आफू समाजमा कसरी प्रस्तुत हुने, काम गर्ने, नेतृत्व तथा सकारात्मक सोच र उत्प्रेरणालगायत विविध विषयमा सिक्ने अवसर मिलेको उनले जानकारी दिइन्। मिस नेपाल भइरहँदा अन्तर्राष्ट्रिय स्तरमै महिला हिंसाविरुद्ध १६ दिने अभियान नेपालले पनि मनाइरहेको छ। यो अभियानको बारेमा अनविज्ञता जनाउँदै नम्रता भन्छिन्, ‘महिला भएकै कारण कुनै पनि प्रकारको हिंसाका घटना घट्नु गलत हो। यसका लागि अभियान मात्रै नभएर हरेक दिन आवाज उठाउनु जरुरी भएको छ। गलत तरिकाको छुवाइ, बोली, दुव्र्यवहार, हिंसाविरुद्ध तत्कालै प्रतिक्रिया जनाउनुपर्छ।’

मिस नेपालको विजेता भएपछि अवसरसँगै चुनौती पनि बढेको उनी बताउँछिन्। भन्छिन्, ‘सबैजना प्रतिस्पर्धी एकसे एक थिए। डर पनि लागिरहेको थियो। तर कताकता मैले बेस्ट दिएकी छु। विनर हुन्छु होला भन्ने आशा चाहिँ थियो।’विजेता घोषणा गर्दा आफ्नो नाम उच्चारण भएपछि उनले भगवान् सम्झिरहेकी थिइन्। भन्छिन्, ‘सपना पूरा भयो भन्ने लागिरहेको थियो। शब्दविहीन भएँ। मनमनै आमाबुवा, आफन्त र साथीसर्कललाई सम्झिएँ।’

आफ्नो सपना पूरा गर्नघरपरिवारबाटसाथ मिलेको बताउँदै उनले सुन्दरतालाई शारीरिक बनोटभन्दा पनि कामको आधारमा हेर्नुपर्ने धारणा राखिन्। भन्छिन्, ‘देखावटीबाहिरी सुन्दरता कृत्रिम हुन्छ तर खास सुन्दरता भनेको उसको काम हो। कामले समाजमा पार्ने प्रभावको आधारमा उसको खास सुन्दरताको मूल्यांकन हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.