अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या

अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या

काबुल : फगानिस्तानमा एक महिला पत्रकार मलाला मइवान्दको गोली हानी हत्या भएको छ । मलाला एनिकास टिभी र रेडियोमा कार्यरत थिइन् ।

देशको पूर्वी भागस्थित जलालावादमा रहेको पत्रकार मलालाको निजी निवासमै बिहीबार अज्ञात समूहले गोली हानी हत्या गरेको स्थानीय मिडियाले जनाएका छन् ।

गाडीमै आक्रमण भएको बताइएको छ । यस क्रममा उनका चालक समेत मारिएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । तर आक्रमणपछि आक्रमणकारीलाई पक्राउ गर्न असमर्थ रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

पत्रकार मलालाकी आमा समेत एक अभियन्ता थिइन् । उनी पनि ५ वर्षअघि गोली प्रहारबाट मारिएकी थिइन् । मइवान्दको हत्याप्रति दुख व्यक्त गर्दै विभिन्न संघ संस्था र उच्च पदस्थ व्यक्तिहरुले श्रद्धान्जली दिएका छन् ।

पछिल्लो समय कोरोना महामारीका बावजुद अफगानिस्तानका विभिन्न स्थानमा सशस्त्र समूहको आक्रमण र सुरक्षाकर्मीको कारवाहीको क्रम बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.