कांग्रेसको काठमाडौं केन्द्रित आन्दोलन हुने

कांग्रेसको काठमाडौं केन्द्रित आन्दोलन हुने

काठमाडौं : पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको धरपकड र दुर्व्यवहारपछि सरकारसँग रुष्ट भएको नेपाली कांग्रेसले काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरेको छ। 

मंसिर २९ गते ७७ जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्ने पूर्वघोषित कार्यक्रमको तयारीबारे छलफल गर्न बिहीबार बसेको कांग्रेस वर्तमान र पूर्वपदाधिकारी बैठकमा काठमाडौं केन्द्रित आन्दोलन गर्नेबारे छलफल भएको नेताहरूले बताए।  ‘२९ गतेको विरोध कार्यक्रमको तयारीका बारेमा पार्टी कार्यालयले नेतृत्वलाई  जानकारी दिने काम भयो। ७७ जिल्लामै विरोध कार्यक्रम हुन्छ,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘यो विरोध कार्यक्रम प्रारम्भ मात्रै हो। त्यसपछि अरू विरोधका कार्यक्रम ल्याउने भन्ने कुरा भएको छ।’

अघिल्लो साता गृह जिल्ला तनहुँमा पुल उद्घाटनको विषयमा स्थानीय प्रशासनले कांग्रेस वरिष्ठ नेता पौडेललाई तीन घण्टा हिरासतमा लिएको थियो। सरकारप्रति मौन रहेको आरोप खेप्दै आएको कांग्रेस पौडेलमाथि भएको दुुव्र्यवहारपछि आक्रोशित बनेको छ। तनहुँ घटनालगत्तै बसेको कांग्रेसका शीर्ष नेतासहितको पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको थियो। 

कांग्रेसले २९ गतेको आन्दोलनपछि काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने तयारी गरेको हो। ‘सरकारको दमनकारी नीतिका विरुद्ध २९ गते देशभर प्रदर्शन हुन्छ,’ बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता पौडेलले भने, ‘त्यसपछि काठमाडौं, ललितपुर र भक्तपुरमा पनि विरोध प्रदर्शन गर्ने तय भएको छ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पुस दोस्रो साता काठमाडौंमा प्रदर्शन गर्ने गरी छलफल भएको छ। ‘यो सरकारले सर्वसत्तावादी चरित्र, अधिनायवादी आकांक्षा प्रदर्शन गरिरहेको छ। त्यसै अनुरूप वरिष्ठ नेता पौडेलमाथि तनहुँमा धरपकड भयो,’सरकारको सर्वसत्तावादी सोचविरुद्ध कांग्रेस सडक र सदनमा  सशक्त रूपमा उत्रिन्छ।’ कांग्रेसले मंसिर २९ गतेको प्रदर्शनमा सहभागी हुन पार्टीका सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.