लालपुर्जा दिन सम्झौता

लालपुर्जा दिन सम्झौता

हेटौंडा : प्रदेशका २८ वटा स्थानीय तहसँग भूमिसम्बन्धी समस्या समाधान आयोगले सम्झौता गरेको छ। हेटौंडामा बिहीबार मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा भएको सम्झौतामा आवश्यक प्रक्रिया पूरा गरी स्थानीय तहले सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने उल्लेख छ। बागमती प्रदेशका १ सय १९ स्थानीय तहममध्ये चितवनस्थित रत्ननगर नगरपालिका र मकवानपुरको बागमती गाउँपालिकासँग यसअघि नै आयोगले सम्झौता गरिसकेको छ। 

सुकुमबासी र अव्यवस्थित बसोबासीको लगत बुझाउने स्थानीय तहसँग लालपुर्जा वितरणको काम अघि बढाउन सम्झौता गरेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताए। ‘भूमिहीन, दलित, सुकुमबासी र अव्यवस्थित रूपमा बसोबास गरेकाको पहिला तथ्यांक पठाएको आधारमा ती स्थानीय तहसँग सम्झौता गरेका हौं’, उनले भने, ‘यो देशैभर अभियानका रूपमा अघि बढ्छ।’

ज्ञवालीले पहिलो चरणमा १ सय ८६ वटा पालिकासँग सम्झौता हुने जानकारी दिँदै प्रदेश १ र २ मा आयोगले सम्झौता गरिसकेको बताए। असारभित्र नतिजा आउने गरी काम गर्न उनले स्थानीय तहका पदाधिकारीलाई आग्रह गरे। सम्झौतापत्रमा आयोगका तर्फबाट आयोगका उपसचिव वसन्तप्रसाद पन्थी र सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेका छन्। सम्झौतापत्रमा आयोग र स्थानीय तहले गर्ने काम उल्लेख गरिएको छ।

सम्झौता कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहले सुकुमबासी, अव्यवस्थित, दलित र भूमिहीनलाई लालपुर्जा दिलाउने कामलाई पहिलो प्राथमिकता दिन आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.