अफगानिस्तानमा सुरक्षाकर्मीको आक्रमणबाट ८ तालिबानीको मृत्यु, ४ घाइते

अफगानिस्तानमा सुरक्षाकर्मीको आक्रमणबाट ८ तालिबानीको मृत्यु, ४ घाइते

काबुल : अफगानिस्तानको उत्तरी प्रान्त फर्‍याबमा सुरक्षाकर्मीको हवाइ आक्रमणबाट कम्तिमा ८ तालिबानी लडाकू मारिएको सरकारी अधिकारीहरुले जनाएका छन् । अरु ४ जना घाइते छन् ।

रक्षा मन्त्रालयका अनुसार सैन्य कारवाहीको क्रममा तालिबानीहरु लुकेर बसेको स्थानमा आक्रमण गर्दा उनीहरु मारिएका हुन् । अफगानिस्तानका विभिन्न स्थानमा पछिल्लो समय हिंसात्मक गतिविधि बढेका छन् । सुरक्षाकर्मीको आक्रमण पनि पछिल्लो समय बढ्न थालेको छ । एक दिनअघि मात्रै अफगानिस्तानको पूर्वी क्षेत्र जलालावादमा महिला पत्रकार मलाला मइवान्दको विद्रोही समूहबाट गोली हानी हत्या भएको थियो ।

अफगानिस्तानमा २० वर्षदेखि युद्धरत तालिबानी समूह र अफगान सरकारबीच चरणवद्ध वार्ता भए पनि सम्पन्न हुन सकिरहेको छैन । सरकार र विद्रोही दुबै पक्षले वार्तामा गरिएका प्रतिवद्धता उल्लंघन गर्दैआएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.