ज्ञानीमाया र हेरुकाको ‘गोधूलि’
काठमाडौं : गायक प्रताप दास र गायिका कविता श्रेष्ठको स्वरमा नयाँ गीत ‘गोधूलि’ सार्वजनिक भएको छ। नवप्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको गीत शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतमा ज्ञानीमाया र हेरुकाको रोमान्स प्रस्तुत गरिएको छ। प्राकृतिक सौन्दर्यसहितको लोकेसनमा खिचिएको गीतमा ज्ञानीमाया र हेरुकालाई रोमान्टिक मुडमा देख्न सकिन्छ।
राजेशकुमार श्रेष्ठको शब्द संगीतमा तयार भएको भिडियो भुइसल लामाले निर्माण गरेका हुन्। भिडियोको निर्देशन दिनेश पाख्रिनले गरेका छन्। अमूल कार्कीको एरेन्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागार्इंको छायांकन छ।
प्रताप दासले आफूले गायका गीतमध्ये उत्कृष्टको लिस्टमा गोधूलि पर्ने बताएका छन्। नवप्रतिभा ज्ञानीमायाले तामाङ गीत संगीतसँगै नेपाली गीत संगीतमा पनि विस्तारै आफ्नो उपस्थिति बढाउने गरी भिडियोमा अभिनय गरेको बताएकी छन्। गीतमा दीक्षा पाख्रिनको कोरियोग्राफी रहेको छ। दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी कलाकार भुइसाल लामाले भिडियो निर्माणसँगै विस्तारै फिल्म निर्माणको तयारी रहेको समेत बताइन्।