‘रचनाको प्रसव वेदनामा पुस्तक पढ्छु’
पाल्पा तानसेनका निर्मल श्रेष्ठ मूलत: इतिहास अध्येता र संस्कृतिविद् हुन्। उनले मुझुंगेली कार्की, सेनकालीन इतिहास, कला र संस्कृति, भगवती मास्टर, पाल्पा नुवाकोट : द लिभिङ हेरिटेजलगायत पुस्तक लेखेका छन्। लेखन कार्यमै सक्रिय उनको अगम यात्रा (कथा), अब गन्तव्य टाढा छैन (गैरआख्यान), समर सौन्दर्य नायक कर्णेल उजिरसिंह थापा, आंग्लो–नेपाल–वार र श्री रणउजिरेश्वरी भगवती जात्रा (इतिहास), सांस्कृतिक परिवेश (संस्कृति) लगायतका पुस्तक प्रकाशनको सँघारमा छन्। लेखक श्रेष्ठसँग अजवी पौड्यालले गरेको कुराकानी :
नेपाल अंग्रेज युद्धकै विषयमा किन लेख्न लाग्नुभएको ?
तपाईं र पुस्तकको सम्बन्ध के हो ?
असल पुस्तक आज र सदाका लागि सबैभन्दा असल मित्र हो। मानिसलाई चाहिने मानसिक खुराक हो। अहिले स्टेटमेकिङ एन्ड टेरिटरी इन साउथ एसिया, लेसन फर्म आंग्लो–गोर्खा–वार (१८१४–१८१६)। लकडाउनकै अवधिमा पुस्तक लेख्नका लागि थुप्रै पुस्तकको अध्ययन गरें। असल पुस्तक पढ्नुपर्छ जसले नयाँ जानकारी होस् र पुस्तकको अध्ययनले जीवनशैली र मानव जीवनलाई सुरम्य बनाओस्।
पुस्तकसँगको सम्बन्ध कति लामो भयो ?
विद्यार्थी जीवनको अभिन्न अंग पुस्तक हो। विद्यार्थी जीवनमा लेख्न पढ्न जानेपछि पुस्तक त सँगीभैmं हुनु स्वाभाविक हो। जब हजुरबुबा प्रेमलाल श्रेष्ठले सुखसागरलगायत पुस्तक पढेर, त्यसमा भएका ज्ञानवद्र्धक प्रसंग कथाहरू र ज्ञानका कुराहरू दिनुहुन्थ्यो, लाग्थ्यो पुस्तकको अध्ययन जीवनमा उपयोगी हुँदो रहेछ भन्ने बुझ्न थालेपछि पुस्तकमा रुचि बढ्न थालेको हो।
बच्चामा पढेको पहिलो पुस्तक कुन हो ?
विद्यार्थी जीवनको सुरुकालमा अहिलेजस्तो पाठ्यक्रम ता थिएन, पहिलो पुस्तक भनेको ‘ठूलो वर्णमाला’ थियोे। यस पुस्तकमा कखहरादेखि हिसाबमा दुने, सवा, अढाई, जोड घटाउ र भाग समेटिनुका साथै घरायसी काममा काम लाग्ने तमसुक र भर्पाईको जानकारी पनि रहेको हुन्थ्यो। यसका साथै उक्त पुस्तकमा उर्दु वर्णमाला पनि हुने गथ्र्यो।
के विषयमा थियो ?
यस ठूलो वर्णमाला पुस्तक प्रारम्भिक पुस्तक थियो। जब नौ÷दस कक्षामा पुगेपछि पाठ्यक्रमभन्दा बाहिरी ज्ञानमा जिज्ञासा बढ्नुका साथै थप केही कुरा जान्नुपर्छ भन्ने मनमा लागेपछि पुस्तक पढ्नुपर्छ, पुस्तकको संग्रह गर्नुपर्छ भन्ने संकल्प जागृत भयो। अध्ययनको सिलसिलालाई नियाल्यौं भने पाल्पाको आफ्नै मौलिकता छ। राणाकालमै तानसेनमा धवल पुस्तकालय खुलिसकेको थियो। साथै कैलाश पुस्तकालय, वसन्त पुस्तकालय, बाल पुस्तकालयजस्ता पुस्तकालय तानसेनका विभिन्न टोलमा खुलेका थिए। महेन्द्र पुस्तकालयलगायत विभिन्न निजी ‘होम लाइब्रेरीहरू’को उपस्थिति पनि थियो। यसरी निजी ‘होम लाइब्रेरी’ स्थापना गर्ने शृंखलाको कडीका रूपमा २०२५ सालमा ९ कक्षामा पढ्दा एक÷दुईवटा पुस्तकबाट मेरो कल्पना ‘निर्मल होम लाइब्रेरी’मा रूपान्तरित हुन गयो। २००० मा पुस्तकको हरेक पृष्ठ नेपाली कागजमा छापिएको, जोरगणेश छापाखानामा मुद्रण र नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित ‘प्रसिद्ध आठ महापुरुष’ पाठ्यक्रमभन्दा बाहिरको पढेको पहिलो पुस्तक थियो। जुन पुस्तक अहिले पनि ‘निर्मल होम लाइब्रेरी’मा सुरक्षित छ।
धेरैपल्ट पढेको किताब ?
योगी नरहरिनाथद्वारा लिखित पुस्तकहरू मन परेका पुस्तकमध्ये पर्छन्। पुस्तक र लेख रचना गर्नु पर्दा पुस्तकहरू घरिघरि पढ्नुपर्ने हुन्छ। आवश्यकताअनुसार पुस्तक दोहो¥याउने गर्छु। धेरै वर्षदेखि पुस्तक संग्रह हुँदै आउँदा पुस्तकहरू ता दुर्लभ सबै नै हुने गर्छ। पुस्तक मागेर पढ्ने बानी छैन, किनभने पुस्तकमा रुचि राख्नेहरू नै पुस्तकका स्वामी हुन्छन्। नेपालमा नपाइएका पुस्तक हिन्दुस्थानतिर दिल्ली, वाराणसी, अलाहबादलगायत सात समुद्रपारि बेलायत, अमेरिका आदि देश देशावरबाट मगाउनुपर्ने हुन्छ। पुस्तकप्रेमी सहृदयीले ‘निर्मल होम लाइब्रेरी’लाई माया गरेर दिनुहुन्छ।
अहिलेसम्मकै महँगो पुस्तक ?
पैसा साधन हो, साध्य होइन। कहिलेकाहीँ पुस्तकको मोल तिर्छुभन्दा पनि पुस्तक पाइँदैन। द मेनोमेन्टल इन्डिया बुक, द सेक्रेट आर्ट अफ तिब्बेत, इन्डिया एन्ड ब्रिटिस पावर’ टे«ट्चर १७७०–१८२५ आदि पुस्तक।
पुस्तक कसरी र कहिले पढ्नुहुन्छ ?
बिछ्यौनामा पल्टिएर पढ्छु। प्रविधिको प्रयोग त्यति साह्रो गर्दिनँ। जब रचना गर्ने प्रसव वेदना हुन्छ, तब पुस्तक पढ्ने गर्छु। कहिलेकाहीँ निशान्तसम्म पनि पुस्तकले मसँग मितेरी लगाएको हुन्छ। प्रधानता र गौणताको कुरा हो। पुस्तक पढ्ने र लेखनमा प्रधानताको हिसाबले पुस्तकसँगको सहवासलाई निक्र्योल गरेको हुन्छ। जब पुस्तक पढ्ने आवश्यकता हुनुका साथ चौ चौ जाग्ने गर्छ। मानव जीवन र जीवनशैलीसँग मात्र होइन परिवार, समाज र राज्यको पहिचानलाई इतिहास र संस्कृतिले उजागर गर्ने गर्छ। इतिहास, कला र संस्कृतिको पाटो परिवार, समाज र राज्यको ऐना हो।
पुस्तकबारे सूचना कसरी थाहा पाउनुहुन्छ ?
‘आवश्यकता नै आविष्कार हो’ भन्ने गरिन्छ। जब सन्दर्भ पुस्तकहरूको खाँचो हुन्छ। त्यस खाले पुस्तकको जानकारी सहृदयी मित्रहरूसँग लिने गर्छु, नेपालभित्रका विभिन्न पुस्तक पसलमा फोन सम्पर्क गर्ने, सहृदयी मित्रसँग फोन सम्पर्क गरी मगाउने गर्छु। पुस्तक जीवन उपयोगी होस्, त्यस्ता पुस्तक छान्ने गर्छु।
पढ्नैपर्ने १० किताब ?
१) माक्र्सवाद और रामराज्य २) एन इन्डोजिनियस् पिपुल्स हिस्ट्री आफ द युनाइटेड स्टेड, ३) इन द ह्यान्डस अफ द ग्रेट स्प्रिट ५) योर गभर्मेन्ट फेल्ड यु, ६) देश के नाम मेरा सन्देश (इरान के शाहनशाह), ७) इन एग्जाइल फर्म द लायन्ड अफ स्नोज, ८) बेनजिर भुट्टो डटर अफ द इस्ट, ९) आर्य जीवन दर्शन, १०) द न्यु एम्परर।
लाइब्रेरीमा कति पुस्तक राख्नुभएको छ ?
२०२५ सालदेखि एक÷दुईवटा पुस्तकबाट सुरु गरेको ‘निर्मल होम लाइब्रेरी’ले आफ्नो ५० वर्षको जीवनयात्रा तय गरिसकेको छ। लगन र संकल्पले यहाँसम्म आइपुगें। समयको अन्तरालमा पुस्तकको संख्या उल्लेख्य संगृहीत हुनु स्वाभाविक हो। लाइब्रेरीमा १० हजारभन्दा बढी पुस्तक छन्। ‘होम कम लाइब्रेरी, लाइबे्ररी कम मेन रुम’ को सीमितताले लाइब्रेरीमा कति समय बिताउने र कुन समयमा पढ्ने, यी कुराको अनुभूति हुँदैन। समय धेरै चाहिने भएकाले नपढ्ने विधा ‘उपन्यास’ हो।
राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू र भोलि देश हाँक्ने नेतालाई कुन किताब पढ्न सुझाव दिनुहुन्छ ?
हेड अफ द स्टेट र हेड अफ द गभर्मेन्टमा आसीन र आसीन भइसक्नुहुने व्यक्तित्व हुनुहुन्छ। उहाँहरू मर्मज्ञ र जानकार हुनुहुन्छ। ‘द केस एग्नेस्ट द ग्लोबल इकोनोमी एन्ड फर ए टर्न टुवार्ड द लोकल’, ‘मोर्डन पोलिटिकल थट’, ‘द राइज एन्ड द फल्स अफ द थर्ड राइख’, ‘द थर्ड वेभ’, ‘द फ्युचर अफ सोसल डेमोक्रेसी’, ‘ट्रेड एन्ड पोलिटिक्स इन द हिमालय–काराकोरम बोर्डरलायन्ड’ आदि पुस्तक उपयोगीजस्तो लाग्छ।