अमेरिकामा फाइजरको कोभिड खोप प्रयोग गर्न अनुमति

अमेरिकामा फाइजरको कोभिड खोप प्रयोग गर्न अनुमति

अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाररसविरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाव दिएको हो । 

एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रवारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने बताएका छन्। 

अमेरिकामा कोरोना भाइरसका कारण दुई लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ। स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमवार वा मङ्गलबारबाट खोप कार्यक्रम शुरू गर्ने बताएका छन्।

फाइजरको खोपले यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति पाइसकेको छ।

राष्ट्रपति निर्वाचित जो बाइडनले भने नागरिकहरूले खोपमा विश्वास गर्नुपर्ने बताए। फाइजरले डिसेम्बरको अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख मात्रा तयार गर्ने बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.