नाइजेरियाको स्कुलमा सशस्त्र समूहको आक्रमण, केही विद्यार्थीको अपहरण

नाइजेरियाको स्कुलमा सशस्त्र समूहको आक्रमण, केही विद्यार्थीको अपहरण

नाइजेरिया: नाइजेरियाको उत्तरी क्षेत्रस्थित एउटा स्कुलमा सशस्त्र समूहले आक्रमण गरी केही विद्यार्थीहरुलाई अपहरण समेत गरेको बताइएको छ ।

सशस्त्र समूहले साँझको समयमा माध्यमिक तहको विद्यालयमा आइ आक्रमण गर्दा २ सय जति विद्यार्थीहरु भागेर जीवन जोगाएका थिए । मोटरसाइकलमा आएको समूहले पढाइ भइरहेको समयमा यस्तो हमला गरेका थिए । यस क्रममा सेनाले प्रतिकार गरेर उनीहरुलाई भगाएको जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता इसा ग्याम्बोका अनुसार सुरक्षाकर्मीले डेढ घण्टा उनीहरुसँग प्रतिकार गरेका थिए । स्थानीयले भने केही विद्यार्थीलाई अपहरण गरेकाले आफूहरुले खोजीरहेको बताए ।

यस्तै अन्य क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । नाइजेरियाको ग्रामीण इलाकामा अघिल्लो साता मात्रै सशस्त्र समूहको आक्रमणबाट ११० किसानहरु मारिएका थिए । पछिल्लो समय नाइजेरियाका कतिपय ग्रामीण इलाकामा बोको हराम लगायत अरु केही सशस्त्र समूह सक्रिय छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.