प्रदेश १ मा ‘चलचित्र महोत्सव’ हुने

प्रदेश १ मा ‘चलचित्र महोत्सव’ हुने

विराटनगर : प्रदेश १ मा चलचित्र महोत्सव हुने भएको छ। कोरोना कहरका कारणले सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उद्देश्यले नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ ले ‘चलचित्र महोत्सव–२०७८’ आयोजना गर्ने भएको हो।

आगामी वैशाख १७ देखि सुरु हुने महोत्सव तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रदेश न १ नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छायांकनका लागि एकदमै उपयुक्त स्थान भएकाले त्यसको प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो।

चलचित्रकर्मीलाई उत्साहित गराउँदै प्रदेश न १ को पर्यटकीय स्थानलाई प्रवद्र्धन गर्ने उद्देश्यले नै चलचित्र महोत्सव आयोजना गर्न लागिएको महासंघका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए।

महोत्सवमा प्रदेश न १ का चलचित्रकर्मीलाई प्रोत्साहित गर्न प्रदेश १ मा बनेका कथानक चलचित्र, छोटो चलचित्रका लागि छुट्टै तथा नेपालमा बनेका अन्य कथानक चलचित्र र छोटो चलचित्रको छुट्टै विधाअन्तर्गत रहेर चलचित्र प्रदर्शन गर्ने योजना छ। महोत्सवको तयारीस्वरूप नै महासंघका विभिन्न शाखाका पदाधिकारीसहितले प्रदेश १ का मुख्यमन्त्रीसँग भेटघाट र छलफलसमेत गरेका छन्।

महोत्सवको बारेमा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला, कानुनमन्त्री हिक्मतकुमार कार्की, उद्योग, आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बो, पर्यटन तथा वनमन्त्री जगदीश कुशियतलगायतसँग छलफल भएको अध्यक्ष प्रधानले बताए।

गत वर्ष कात्तिक २९ देखि मंसिर २ गतेसम्म प्रदेश सरकारले आयोजना गर्ने तय भएको महोत्सव अन्तिम समयमा रोकिएको थियो। अबको महोत्सव कार्यक्रम प्रदेश एकका विभिन्न सहरमा चरणबद्ध रूपमा सञ्चालन हुने महासचिव दिनेश कोइरालाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.