लाहोरमा प्रदर्शन रोक्न लकडाउन घोषणा

लाहोरमा प्रदर्शन रोक्न लकडाउन घोषणा

लाहोर : पाकिस्तानको लाहोरमा सरकारले लकडाउनको घोषणा गरेको छ। पञ्जाजको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा कडा खालको लकडाउनको घोषणा गरेको छ। 

सो व्यवस्थाअनुसार यहाँको सरकारले ती स्थानमा गएरातिदेखि यही डिसेम्बर २५ सम्मका लागि मानिसहरु जम्मा हुन नपाइने गरी लकडाउनको व्यवस्था गरेको हो। आइतबार लाहोरमा पाकिस्तानको सरकारका विरुद्धमा यहाँका विपक्षीहरुले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन्। उनीहरुले यस विरोध प्रदर्शनले सरकारलाई नैतिक प्रश्न उठाउने बताएका थिए।

उता प्रधानमन्त्री इमरान खानले भने विरोध जुलुश ननिकाल्न अनुरोध गरेका थिए। विपक्षीहरुले भने सो विरोध प्रदर्शन नरोक्ने बताएका थिए। विभिन्न ११  विपक्षीले आन्दोलनलाई जारी राख्ने बताएका छन्। राजनीतिक दलले जुलुश नरोक्ने बताएपछि प्रधानमन्त्री खानको आदेशमा प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा सार्वजनिक स्थानमा मानिसहरु जम्मा हुन नपाइने गरी लकडाउन गर्ने घोषणा गरेको हो।

सो विरोध प्रदर्शनको नेतृत्व पाकिस्तानका प्रमुख विपक्षी दल पिपिपिका अध्यक्ष विलावल भुट्टोले गरेका छन्। उनले यो सरकारका विरुद्धमा कराँची, पेशावर र गुजरनवालामा जस्तै लाहोरमा हुन लागेको यो प्रदर्शनबाट पनि सरकारलाई धक्का दिइने दाबी गर्दै आएका छन्।

सरकारले भने पछिल्लो समयमा पाकिस्तानमा कोभिड १९ को असर निकै बढ्दै गएकाले यसले झन् संक्रमण बढ्ने भन्दै देशमा ठूलो संख्यामा जुलुश ननिकाल्न बताउदै आउको हो। पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा विभिन्न ११ वटा विपक्षी दलहरुले आन्दोलनलाई जारी राखेका छन्।  ती विपक्षी दलहरुले आइतबार पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी विगतदेखि नै गर्दै आएका हुन्।  

पकिस्तानमा कोभिडको दोस्रो लहर आएको बताइएको छ। यसरी एकातरि देशमा कोभिडको समस्या रहेको छ भने अर्कातर्फ विपक्षी दलहरुले आन्दोलन जारी राखेकाले सरकार समस्यामा परेको बताइएको छ।

पाकिस्तानका अस्पतालहरुमा बेडहरु पाउन समस्या हुन थालेको छ भने दिनप्रतिदिन संक्रमितहरु बढ्दै गएको बताइएको छ। सरकारले यस्तो महामारीको समयमा विपक्षी दलहरुले सरकारका विरुद्धमा आन्दोलन गर्नु जायज नभएको सरकारको भनाई छ। आज लाहोरमा हुने यस आन्दोलनमा पनि सरकारले लकडाउन गरेपछि झडपहरु पनि हुन सक्ने बताइएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.