शोक प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटी बैठक स्थगित
काठमाडौं : पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकले पूर्व सांसद लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो।
बैठक केही बेर बसेर स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनका अनुसार अब अर्को बैठक पुस १ गते दिउँसो १:०० बस्नेछ।
पूर्वसांसद लामाको कोरोना भाइरस (कोभिड- १९) बाट मंसिर २४ गते निधन भएको थियो। आइतबारको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका थिए ।