अफगानिस्तानमा सांसदलाई लक्षित गर्दै विस्फोट, दुई जना मारिए
काबुल: अफगानिस्तानको राजधानी काबुलस्थित एक सांसदको गाडीलाई लक्षित गर्दै सशस्त्र समूहले बम विस्फोट गर्दा दुई जना मारिएका छन् । सांसद तावफिक वाहदातका भाइ सहित दुई जना घाइते छन् ।
सांसद तावफिक वाहदात भने गाडीमा सवार थिएनन् । आइतबार बिहान राजधानी काबुलको उत्तरी क्षेत्र खाइर खान मिना भन्ने स्थानमा रहेको इ परवानस्थित यस्तो घटना भएको हो ।
घटनाको जिम्मेवारी भने अहिलेसम्म कसैले लिएको छैन । प्रहरीका अनुसार सांसद आफैँ सवारीमा थिएनन् । तर उनका भाइ घाइते भएका हुन् ।
अफगानिस्तानमा विभिन्न सशस्त्र समूहले सरकार विरोधी गतिविधि गर्दै हिंसात्मक गतिविधि गर्दैआएका छन् । अघिल्लो साता मात्रै सशस्त्र समूहको आक्रमणबाट दर्जन बढी सुरक्षाकर्मी मारिएका थिए ।