इरानमा पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड
इरानमा पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्डको सजाय दिइएको छ। ४७ वर्षिय पत्रकार जामलाई शनिबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको हो।
सन् २०१७ मा उनले देशको आर्थिक स्थितिका बारेमा अनलाइनबाट समाचार पोष्ट गरेका कारण इरानमा सरकारविरोधी प्रदर्शनहरु भएका थिए। उक्त प्रदर्शनमा झण्डै चार सय जनाको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए।
सन् २०१९ मा पत्रकार जाम पक्राउ परेका थिए। उनी एक पटक निर्वासनमा समेत गएका थिए। इरानी सर्वोच्च अदालतले फैसला सुनाएको चार दिनपछि पत्रकार जामलाई मृत्युदण्ड दिइएको हो।
उनले संचालन गरेको टेलिग्राम एप्समा इरानी सरकारले प्रदर्शनकारीमाथि गरेका दुव्र्यवहारको समयरेखा र अप्ठ्यारो जानकारी फैलाएको थियो। उनको अमाड न्यूज फिडको एक मिलियन भन्दा बढी अनुयायीहरू थिए।
जामलाई मृत्युदण्ड दिइनु मानव अधिकारको ठाडो उल्लंघन भएको जनाउँदै रिपोर्टर्स विदाउट बोर्डर्सले आपत्ति जनाएको छ।