शान्तिनगरको सुकुम्बासी बस्तीमा आगलागी
काठमाडौं : काठमाडौं महानगरपालिका–३१ स्थित शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमा आगलागी भएको छ । सोमबार दिउँसो बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी बृत बानेश्वरका प्रमुख डिएसपी दक्षकुमार केसीले जानकारी दिए।
सार्लाहीकी आशा परियारको छाप्रोमा आगलागी भएको हो। आगलागीबाट परियारको छाप्रो नष्ट भएको छ। दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। समयमै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ।