उखु किसानको पैसा तिर्न व्यवसायीलाई उद्योग मन्त्रालयको ताकेता

उखु किसानको पैसा तिर्न व्यवसायीलाई उद्योग मन्त्रालयको ताकेता

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीलाई किसानको वक्यौता छिटो भुक्तानी दिन ताकेता गरेको छ ।

मन्त्रालयले सोमबार उद्योगीसँग छलफल गर्दै छिटो भुक्तानी दिन ताकेता गरेको हो । उखु किसानहरुले भुक्तानी नपाएको भन्दै आइतबारदेखि माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् ।

आन्दोलन सुरु गरेको दोस्रो दिन मन्त्रालयले उद्योगी र किसानलाई छलफलमा बोलाए पनि किसान आउन नमानेको उद्योग मन्त्रालयका सहसचिव डा नारायण रेग्मीले बताए । ‘वक्यौता छिटो तिर्न अनुरोध गरेका छौं’ उनले भने’ उद्योगीहरुले छिट्टै भुक्तानी दिने प्रतिवद्वता जनाएका छन् ।’ ६ वटा चिनी उद्योगले किसानको ९० करोड रुपैयाँ भुक्तानी गरेका छैनन् ।

उद्योगमन्त्री लेखराज भट्टले भुक्तानीको विवरण माग गरेका छन् । हालै भुक्तानी गरेको र भुक्तानी गर्न मान गरिएको विवरण लिएर मंगलबार फेरि बैठक बस्ने त यारी भएको मन्त्रालयले जनाएको छ । यसअघि भुक्तानी दिने सहमति भएपनि किसानहरुले लामोसमयसम्म भुक्तानी नपाएपछि काठमाडौं आएर आन्दोलन थालेका हुन् ।

किसानहरुले धेरैपटक आश्वासन भएको भन्दै अब भुक्तानी नपाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उद्योगीहरुसँग उद्योग र वाणिज्यका सचिव सहित वाणिज्यका प्रतिनिधि सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.