सरकारविरुद्ध बाजुरामा कांग्रेसको विरोध प्रदर्शन
बाजुरा : सरकारविरुद्ध नेपाली कांग्रेस बाजुराले विरोध गरेको छ । नेपाली कांग्रेसले देशैभरी सरकारको विरोध गर्ने कार्यक्रम अनुसार नेपाली कांग्रेस बाजुराले पनि सरकारविरुद्धको पर्दशन गरेको नेपाली कांग्रेस बाजुराका सभापति कबिराज पण्डितले जानकारी दिए।
देशको विकासको सट्टा, विवाद, भ्रष्टाचार, घुसखोरी र विभिन्न किसिमका काण्डमा सरकार लागेको भन्दै दबाब दिन कांग्रेसले देशैभर सडक आन्दोलन गरेको हो। कार्यक्रममा नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डित, पूर्व भूमिसुधार सहायक मन्त्री जनकराज गिरीलगायत नेपाली कांगेस जिल्ला कार्य समिति बाजुराका सम्पुर्ण पदाधिकारी, महिला संघ, तरुण दल, नेविसंघ, दलित संघ, शिक्षक संघ लगायत सम्पुर्ण भातृ संगठनहरु र नेपाली कांग्रेसमा आस्थावानहरुको ठूलो सहभागिता रहेको छ ।
मार्तडी बाजरामा विरोध र्यालीपछि लोकतान्त्रिक चोकमा कोणसभामा परिणत भएको थियो। कोण सभामा नेपाली कांग्रेश बाजुराका भातृ संगठन तथा जिल्ला तहका नेताहरुले नेकपा सरकारले गरेको कामबारे खुलेरै विरोध गरेका थिए ।
नेपाको सरकार जनताको पक्षामा भन्दा पनि भष्टचारीको संरक्षाण र पक्षपोषण गरिरहेको भन्दै विरोधसभाका बक्ताले विरोध जनाए।