नेताहरु कुर्सीका लागि लडाइँ गर्ने, कार्यकर्ता भ्रष्टाचारमा लिप्त

नेताहरु कुर्सीका लागि लडाइँ गर्ने, कार्यकर्ता भ्रष्टाचारमा लिप्त

दिपायल : नेपाली कांग्रेस डोटीले दिपायलमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । सरकारको विरोधमा नेपाली कांग्रेसले देशैभरी सोमबार विरोधसभाको गरेको हो। 

हजारौंको संख्यामा उपस्थित विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बीरबहादुर बलायरले केपी ओली सरकारको ज्यादतीका विरुद्धमा जनताहरु एकसाथ सडकमा उत्रिनुपर्ने बताए ।

'अहिलेको सरकारले नेपाली कांग्रेसलाई सडकको निम्तो दिएको छ सोही अनुरुप कांग्रेस सडकमा आएको हो, 'बलायरले भने, 'आजदेखि यो सरकारको काउण्डाउन सुरु भएको छ ।'

उनले भने, यो सरकारले झुटा मुद्दा लगाउँदै हाम्रा नेता कार्यकर्ताहरुलाई थुनामा हालिरहेको छ, यसका विरुद्ध कांग्रेसले विरोध गर्नुपरेको छ।' बलायरले भने, 'नेकपाको आन्तरिक कलह सरकार संचालनमा देखिरहेको छ, यो जस्तो बेइमानी, गैरजिम्मेवार काम हुनै सक्दैन ।'

लोकतन्त्र बलियो पार्नका लागि जनताको मत लिएर सरकारमा गएको नेकपा पार्टी आन्तरिक कलहमा उद्घत रहेको बताउँदै नेताहरु कुर्सीका लागि झगडा गरिरहेका र कार्यकर्ता भ्रष्टाचारमा लिप्त भइरहेका बलायरले  आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.