विमान थन्किँदा घाटा

विमान थन्किँदा घाटा

काठमाडौं : चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगमले हालसम्म साढे ६ अर्ब रुपैयाँबराबरको नोक्सानी व्यहोरेको छ। निगमले खरिद गरेको ६ वटा चिनियाँ जहाज थन्किएकाले यो परिमाणमा घाटा व्यहोर्न बाध्य भएको हो।

निगम सञ्चालक समितिले गत साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज ग्राउन्डेड गरेको थियो। उक्त समयमा ती जहाजको घाटा करिब २ अर्ब रुपैयाँ पुगेको तत्कालीन समयमा जानकारी गराइएको थियो। थन्काइएका जहाजका कारण पछिल्लो ५ महिनामा थप ५० करोडभन्दा बढी घाटा भएको निगम स्रोतले जनाएको छ। 

साढे २ अर्ब रुपैयाँ नोक्सानीमा करिब १ अर्ब रुपैयाँ बिमाबापतको भुक्तानी रहेको छ। बाँकी करिब १ अर्ब रुपैयाँको मूल्य ह्रास र करिब ५० करोड जतिको विविध खर्च रहेको बताइएको छ। ती जहाजले नेपाली आकाशमा उड्दा कति कमाए भन्ने तथ्यांक निगमसँग भने छैन।

निगमले सन् २०१४ मा चीनबाट २ वटा अनुदानमा र ४ वटा सहुलियतपूर्ण ऋण गरी ६ वटा जहाज खरिद गरेको थियो। ६ जहाजमा एमआई ६० र वाई १२ मोडलको १÷१ वटा चीन सरकारले अनुदानमा दिएको हो। बाँकी ४ वटा जहाज जीटूजी (सरकारद्वारा सरकारसँग खरिद) प्रणालीअन्तर्गत चीनकै एक्जिम बैंकसँगको सहुलियतपूर्ण ऋणमा खरिद गरेको थियो।  अर्थ मन्त्रालयको मध्यस्थतामा सहुलियतपूर्ण ऋणमा जहाज खरिद गरिएको थियो। निगमले उडाउन नसक्ने निर्णय गरेका ६ वटामा ४ वटा चिनियाँ जहाजको ऋण करिब ४ अर्ब रुपैयाँ छ। 

चिनियाँ सहुलियत ऋणमा ल्याएका जहाजको किस्ता तिर्न ७ वर्षसम्म छुट अवधि प्रदान गरिएको छ। यो सुविधाअनुसार भर्खरै बितेको कात्तिक मसान्तमा पहिलो किस्ता बुझाउनुपर्ने थियो। यो किस्ता २०९० वैशाखसम्म बुझाउने सर्तमा उल्लेख छ। थन्काइएका जहाजका कारण निगमले सर्तअनुसार किस्ताको रकम तिर्न पनि उदासीनता देखाएको स्रोतको दाबी छ। अर्थ मन्त्रालयमा जहाज व्यवस्थापनसम्बन्धी विकल्प बुझाएको निगम सरकारले गर्ने निर्णयलाई पर्खेर बसेको छ। किस्ता तिर्ने समय बितिसक्दा पनि किस्ताको विषयमा चिनियाँ बैंकबाट ताकेता नभएको निगम प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्। 

थन्किएको जहाजको व्यवस्थापनको विषयमा निगमले विकल्पको रूपमा केही सुझाव अघि सारेको छ। जसअनुसार जहाज चीनलाई नै फिर्ता पठाउने वा विमान बिक्रीका लागि टेन्डर गर्ने, लिजमा दिन सकिने वा निगमले भविष्यमा खरिद गर्ने नयाँ जहाजका लागि थन्किएका विमानलाई नगद रुपैयाँको हिसाब (डाउन पेमेन्ट) मा पनि प्रयोग गर्न सकिने गरी सुझाव निगमले अघि सारेको छ। 

चिनियाँ जहाज व्यवस्थापन गर्न निगमले दिएको सुझाव पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयलाई पठाइसकेको छ। पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले अर्थ मन्त्रालयबाट निर्णय आएपछि आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी दिए।

जहाज चलाउँदा झन् घाटा
आन्तरिक उडान भर्दै आएका ६ वटै चिनियाँ जहाज थन्किएको ५ महिना भइसकेको छ। यो अवधिमा आम्दानीभन्दा उक्त जहाजको नियमित मर्मत सम्भार खर्च बढ्ने क्रममा छ।   

चिनियाँ जहाज उडाउन प्रशिक्षित पाइलट उपलब्ध हुन नसक्नु, तालिम खर्च अन्य जहाजको तुलनामा चार गुणा बढी हुनु, पाइलटले तालिम प्राप्त गर्ने समय प्रशिक्षक पाइलटबाट नपाउनुजस्ता समस्या देखाएर निगमले उक्त जहाज उडाउन चासो देखाएको छैन।

उक्त जहाज उडाउन निर्देशन आए पनि उडाउन सहज नभएको निगम सञ्चालक समिति सदस्य अच्युतराज पहाडीले जानकारी दिए। निश्चित नियम तथा कानुनको पालना गर्नुपर्ने, नागरिक उड्डयन प्राधिकरणसँग पुनः उडान अनुमति लिनुपर्ने, हटाइसकेको इन्जिनियर र पाइलट पुनः भर्ती गर्नुपर्ने समस्याका कारण उडान भर्न असहज भएको पहाडीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.