अमेरिकामा कोरोनाविरुद्धको पहिलो खोप नर्सलाई

अमेरिकामा कोरोनाविरुद्धको पहिलो खोप नर्सलाई

अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप लगाउने बृहत् अभियान थालिएसँगै कोरोना भाइरसका कारण मृत्यु हुने संख्या तीन लाख नाघेको छ । अधिकारीहरूले आउँदो एप्रिल महिनासम्म १० करोड मानिसलाई खोप लगाउने आशा व्यक्त गरेका छन्।

अमेरिकामा खोप लगाउने पहिलो व्यक्ति न्यूयोर्कस्थित लङ्ग आइल्यान्ड जिविस मेडिकल सेन्टरको सघन उपचार कक्षमा कार्यरत एक नर्स भएकी छन्। ती नर्स सान्ड्रा लिन्ड्सेले खोप लगाउन सुरु भएको कुराले अमेरिकी इतिहासकै एकदमै पीडादायी समयको अन्त्यको थालनी भएको सङ्केत गर्ने आशा व्यक्त गरेकी छन्। 'अन्य कुनै खोप लगाए जस्तै भयो। खोप सुरक्षित छ भनेर आममानिसमा आत्मविश्वास होस् भन्ने म चाहन्छु। हामी महामारीका माझमा छौं र हामी सबैले आफ्नो ठाउँबाट सकेको गर्नुपर्छ,' उनले भनिन्। उनलाई खोप लगाइएको दृश्य न्यूयोर्कका गभर्नर एन्ड्र्यु कोमोको ट्वीटरमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। 

यो वर्षको सुरुमा कोरोनाभाइरस महामारीको पहिलो लहरको केन्द्रविन्दुमा न्यूयोर्क परेको थियो। खोप कार्यक्रम न्यूयोर्कबाट सुरु भएसँगै राष्ट्रपति डोनल्ड ट्रम्पले पनि ट्वीट गर्दै लेखेका छन्, 'पहिलो खोप दिइयो। अमेरिकालाई बधाई! विश्वलाई बधाई!' 

फाइजर-बायोएनटेकको झन्डै तीस लाख खोपहरू अमेरिकाभर बितरण गर्न लागिएको छ। त्यहाँका झण्डै १ सय ५० वटा अस्पतालहरूले सोमवारसम्ममा खोप पाइसकेको ठानिएको छ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने देशको सूचीमा अमेरिका सबैभन्दा माथि छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.