नाइजेरियामा वेपत्ता ३०० बालबालिका अझै फर्किएनन्, अपहरणको आशंका

नाइजेरियामा वेपत्ता ३०० बालबालिका अझै फर्किएनन्, अपहरणको आशंका

नाइजेरिया: नाइजेरियाको उत्तरपूर्वी कातसिना राज्यस्थित कंकारामा रहेको एक स्कुलका हतियारधारी समूहको आक्रमणपछि वेपत्ता भएका ३ सय बालकहरु अझै सम्पर्कमा आएका छैनन् ।

दुई दिनसम्म पनि सम्पर्कविहीन भएपछि उनीहरुलाई हतियारधारी समूहले अपहरण गरेको हुनसक्ने बताइएको छ ।

शुक्रबार साँझ मोटरसाइकलमा आएका हतियारधारी समूहले आक्रमण गर्न थालेपछि ८६९ विद्यार्धी अध्ययनरत उक्त स्कुलका अरु बालबालिका भागेर ज्यान जोगाउन सफल भएका थिए । ती विद्यार्थीहरुमध्ये केहीले स्कुलबाट भागेर नजिकैको जंगलमा लुकेर ज्यान जोगाएका थिए ।

तर ३३३ विद्यार्धीहरु अझै सम्पर्कमा नआएको कातसिना राज्यका गभर्नर अमिनु मसारीले बताएका छन् । मसारीका अनुसार ती बालबालिकाहरु सशस्त्र समूहबाट अपहरित भएका छन् । साथै उनीहरुको उद्वारको लागि प्रयास गरिएको उनले बताए ।

बालबालिकाका अभिभावक तथा आफन्तहरुले स्कुलमा भेला भएर बालबालिकाको खोजी गरिदिन सरकार समक्ष आग्रह गरिरहेका छन् । साथै सरकारले बच्चाहरुको उद्वार नगरिदिए आफूहरुसँग कुनै उपाय नभएको अभिभावकहरुले अनुरोध गरिरहेका छन् । यस्तै रक्षामन्त्री मेजर जनरल बशिर अलिही मोगासले सेनाले उनीहरुको खोजी र उद्वारको प्रयास गरिरहेको जानकारी दिए ।

यसअघि २०१८ मा पनि नाइजेरियाको उत्तरपूर्वी क्षेत्र डाप्ची सहरस्थित सशस्त्र समूह बोको हरामले १०० स्कुले बालिकालाई अपहरण गरेको थियो । ६ वर्षअघि २०१४ मा पनि २७० स्कुले बालिकालाई बोको हराम समूहले नै अपहरण गरेको थियो । यस्तै २ साताअघि मात्रै नाइजेरियामै सशस्त्र समूहको आक्रमणबाट १ सय भन्दा धेरै किसान मारिएका थिए । यस पटकको घटनाको जिम्मेवारी भने अहिलेसम्म कुनै समूहले लिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.