उपत्यकामा थपिए ४३८ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ४३८ जना कोरोना संक्रमित

काठमाडौं : मंगलबार काठमाडौं उपत्यकामा थप ४३८  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १७४ महिला र २६४ पुरुषसहित ४३८  जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो समय नेपालमा कोरोना जित्नेको संख्या वृद्धि भएको छ। २४ घण्टामा १९ सय ९६ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरु कोरोनामुक्त भएका हुन्। नेपालमा योसहित कोरोनामुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ। निको हुने दर ९५.३ प्रतिशत हो।

यस्तै मंगलबार ९ सय ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। संक्रमित हुनेमा ३५१ महिला र ५८५ जना पुरुष छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ।  ७ हजार १९७ स्वाब नमूना परीक्षण गराउँदा ९३६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। 


देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७सय ३० पुगेको मन्त्रालयले जनाएको छ। मंगलबार मात्र कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। 

यस्तै अहिले ४५७ जना क्वारेन्टिन र ९ हजार ८८१ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाका गम्भीर २२१ जनाको आइसीयूमा र ४८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.