भोलिबाट उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने

भोलिबाट उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने

काठमाडौं : उपत्यकाका सवारीसाधनमा लगाइएको जोर-बिजोर प्रणाली भोलि (शुक्रबार) बाट हटाइने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा उपत्यकाको जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको बताए।

केही दिनअघि यातायात मजदूर तथा यातायात व्यवसायीहरुले उपत्यकामा लागू भएको जोरबिजोर प्रणाली नमान्ने भन्दै सीसीएमसीलगायतलाई ज्ञापनपत्र बुझाएको थियो। सरकारले काठमाडौं उपत्यकामा असोज १ देखि लागू हुनेगरी जोरबिजोर प्रणाली लगाएको थियो।

लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.