इन्डोनेसियाका राष्ट्रपतिले कोरोनाको खोप लगाए, सबै जनतालाई निशुल्क बाँड्ने प्रतिवद्धता

इन्डोनेसियाका राष्ट्रपतिले कोरोनाको खोप लगाए, सबै जनतालाई निशुल्क बाँड्ने प्रतिवद्धता

जकार्ता: इन्डोनेसियामा पहिलो पटक राष्ट्रपति जोको वीडोडोले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

बुधबार राष्ट्रपतिले खोप लगाएसँगै अब आम नागरिकले पनि खोप लगाउन पाउने भएका छन् । राष्ट्रपतिले यसबाट खुसी भएको प्रतिक्रिया दिँदै सबै जनताले अब निशुल्क खोप लगाउन पाउने बताए ।

राष्ट्रपति वीडोडोले भनेका छन्, 'कोरोनाविरुद्धको खोप सबै नागरिकले निःशुल्क लगाउन नपाउने छन् । यसमा सबै ढुक्क हुनुहोला, तपाईँ सबैले निःशुल्क खोप लगाउन पाउनु हुनेछ ।'

विश्वकै चौथो धेरै जनसंख्या भएको इन्डोनेसियामा कोरोनाबाट अहिलेसम्म झण्डै २० हजारको मृत्यु भइसकेको छ । यस्तै साढे ६ लाख यसबाट सङ्क्रमित भएका छन् ।

प्रारम्भिक चरणमा वृद्ध र जोखिममा रहेकालाई मात्रै खोप दिइने भने पनि अब खोप आवस्यकता भएका सबै नागरिकलाई निशुल्क वितरण गरिने बताइएको छ । सरकारको यस्तो कदमको प्रशंसा पनि गरिएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार इन्डोनेसियाले ३५ करोड डोज खोप खरिद गर्दैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.