२४ घण्टामा ७७६ जनामा कोरोना संक्रमण, ९४७ डिस्चार्ज, ६ को मृत्यु

२४ घण्टामा ७७६ जनामा कोरोना संक्रमण, ९४७ डिस्चार्ज, ६ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा  ७७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ। संक्रमित हुनेमा ३०८ महिला र ४६८ पुरुष छन्।

६ हजार ५८८ स्वाबको पीसीआर परीक्षण गराउँदा ७७६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यस्तै बिहीबार ९४७ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४० हजार ३६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९५.५ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार मात्र कोरोनाबाट थप ६  जनाको मृत्यु भएको छ। 

यस्तै अहिले ४४४ जना क्वारेन्टिन र ९ हजार ५८० आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाका गम्भीर २८१ जनाको आइसीयूमा र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.