२०२० का डेब्यु अभिनेत्री
मुम्बई : सन् २०२० संसारको मनोरञ्जन उद्योग कोरोना भाइरसको चपेटामा नराम्ररी फस्यो। कोरोनाका कारण सिनेमा हलमा फिल्म रिलिज भएनन्। तर पनि यो वर्ष केही अभिनेत्रीले ओटीटी प्लेटफर्ममार्फत फिल्म उद्योगमा डेब्यु गरे। यी अभिनेत्रीले यो विषम परिस्थितिमा पनि दर्शकको मन जिते। भारतीय फिल्म उद्योग नयाँ प्रतिभा उत्पादन गर्न सदैव अगाडि देखिँदै आएको छ। यी अभिनेत्रीले आफ्ना प्रतिस्पर्धीलाई निकै पछाडि छोडे। दर्शकको ध्यान आफूतिर आकर्षित गर्ने भरमग्दुर प्रयास गरे। यो वर्ष फिल्म उद्योगमा आपूmलाई अग्रभागमा उभ्याउन सफल केही बलिउड नवअभिनेत्रीबारे जानौं।
अलाया एफ : अभिनेत्री पूजा बेदीकी छोरी अलाया एफले सैफ अली खान र तब्बुसँग फिल्म ‘जवानी जानेमन’ बाट उद्योगमा डेब्युगरेकी हुन्। तब्बु र सैफ अली खानजस्ता पद्मश्री र राष्ट्रिय पुरस्कार विजेतासँग आफ्नो पहिलो फिल्ममा काम गर्नु नवआगन्तुकका लागि निकै चुनौतीपूर्ण थियो। तर अलायाले हिम्मत र आत्मविश्वास माक गरेर देखाइन्।
श्रेया चौधरी : जबदेखि उनको सो ‘बन्दिस ब्यान्डिट्स’ रिलिज भयो त्यतिबेलैदेखि श्रेया चौधरीले लगातार तारिफ पाएकी हुन्।उनले पहिले इम्तियाज अलीसँग एउटा सर्ट फिल्ममा काम गरेकी थिइन्। उनले संघर्षशील पप गायिका तमन्ना शर्माको रूपमा परिचय बनाएकी थिइन्। उनले डिजिटल वेब सिरिजमार्फत इन्टरनेटमा आफ्नो स्थान सुरक्षित गरिन्। श्रेयालाई अहिले ठूला ब्यानरबाट नयाँ प्रस्तावको आइरो लाग्न थालेको छ।
सञ्जना साँघी : अभिनेत्री सञ्जना साँघीले फिल्म ‘रकस्टार’, ‘हिन्दी मिडियम’ र ‘फुकरे’ मा आफ्नो छोटो भूमिकाबाट दर्शकको ध्यान आकर्षित गरेकी थिइन्। सुशान्त सिंह राजपुतस्टारर फिल्म ‘दिल बेचारा’ मा उनले पहिलो पटक मुख्य भूमिकामा अभिनय गरिन्। फिल्ममा सञ्जनाको मार्मिक प्रदर्शनले आलोचकको मुख बन्द गराइदियो।
ऋत्विक भौमिक : केही सर्ट फिल्ममा काम गरेपछि ऋत्विक ‘बन्दिश ब्यान्डिट्सका कारण चर्चामा आइन् जसबाट उनले आफूलाई परिचित गराइन्। उनले यसमा एक
शास्त्रीय गायकका रूपमा प्रशंसा पाइन्। यसमा उनको परिचय दर्शककी प्रिय श्रेया चौधरीसँग परिचय गरायो।
प्राजक्ता कोहली : प्राजक्ता मुख्य रूपमा युट्युबमा आफ्नो सो ‘मोस्टी सेन’ का लागि परिचित छिन्। डिजिटल इन्फ्लुएन्सर उनको सो ‘मिसम्याच्ड’ हिट भयो। प्राजक्ता अब वरुण धवन र अनिल कपुरसँग एउटा फिल्ममा काम गर्दै छिन्।