पेरिस डाँडामा प्रचण्ड-नेपाल समूहको भेला, अध्यादेश फर्ता नभए कठोर कदम चाल्ने

पेरिस डाँडामा प्रचण्ड-नेपाल समूहको भेला, अध्यादेश फर्ता नभए कठोर कदम चाल्ने

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश १ को पार्टी भेला आयोजना गरेका छन् ।

त्यसका लागि प्रचण्ड र नेपाल पक्षले प्रदेश-१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएका छन्। प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई समेत भेलामा बोलाइएको छ।

पेरिस डाँडामा आयोजित भेलामा प्रदेश १ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरु सहभागी भएका छन्। पार्टीभित्रको वर्तमान परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएको हो।

दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षादेश फिर्ता लिने निर्णय भएको तर  सहमतिअनुसार प्रधानमन्त्रीले अध्यादेश फिर्ता नगरेकाले कठोर कदम चाल्ने भेलामा सहभागी भएको एक नेताले बताए।

अपरान्ह १ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेश गौतम र नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लोपटक ल्याएको अध्यादेशसँगै नेकपा विवाद चर्किदै गएको छ। दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएको थियो। 

तर, प्रधानमन्त्री भने त्यसलाई मान्ने पक्षमा देखिदैनन्। बिहीबार पनि नयाँ अध्यादेश बमोजिम प्रधानमन्त्रीले परिषद बैठक बोलाएका थिए। प्रचण्डले आपत्ती जनाएपछि बैठक स्थगित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.