उपत्यकामा थपिए २८७ जना कोरोना संक्रमित

उपत्यकामा थपिए २८७ जना कोरोना संक्रमित

काठमाडौं : शुक्रबार काठमाडौं उपत्यकामा थप २८७  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १२१ महिला र १६६ पुरुष गरी २८७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा उपत्यकाका २८७ सहित ७८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ। ५ हजार ७०६ स्वाब नमूनाको पीसीआर परीक्षण गराउँदा ७८२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

संक्रमित हुनेमा ३०५ महिला र ४७७ पुरुष छन्। यस्तै शुक्रबार १ हजार २९ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार निको हुनेको दर ९४.६प्रतिशत हो।देशभर सक्रिय ९ हजार ३१७ संक्रमितको संख्या रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार मात्र कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ।

यस्तै अहिले ४२७ जना क्वारेन्टिन र ९ हजार ३१७ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाका गम्भीर २८३ जनाको आइसीयूमा र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.