नाइजेरियामा बोको हरामबाट अपहरित ३०० स्कुले बालबालिकाको सकुशल उद्धार

नाइजेरियामा बोको हरामबाट अपहरित ३०० स्कुले बालबालिकाको सकुशल उद्धार

नाइजेरिया: नाइजेरियाको एक स्कुलबाट अपहरणमा परेका ३ सय भन्दा धेरै बालबालिकाको सकुशल उद्धार गरिएको छ ।

उत्तर पश्चिम क्षेत्रस्थित कातसिना सहरमा रहेको स्कुलबाट गत साता अपहरणमा परेका ३ सय ४४ विद्यार्थीको शुक्रबार उद्धार गरिएको हो । उनीहरु ब्ल्यांकेट बोकेर खाली खुट्टा पैदल हिँडेर घर फर्कँदै गरेको दृश्य स्थानीय टेलिभिजनले देखाएका छन् ।

थकित र दुखी मुद्रामा देखिए पनि उनीहरु सकुशल रहेको बताइएको छ । तर तीमध्ये एक बालकको अनुहारमा माटो लतपतिएको देखिएको छ । अपहरणमा परेका सबै बालक हुन् । उद्धारपछि उनीहरुका अभिभावकहरुले खुसी व्यक्त गरेका छन् ।

गत साता सशस्त्र समूह बोको हरामका लडाकुले उनीहरुलाई स्कुलबाट अपहरण गरी रुगु जंगलतर्फ लगेको थियो । सुरुमा कुनै समूहले अपहरणको जिम्मेवारी नलिए पनि तीन दिनपछि बोको हराम समूहले अपहरणको जिम्मेवारी लिएको थियो ।

यसअघि २०१४ मा २७० स्कुले बालिकाहरुलाई पनि यसै गरी बोको हराम समूहले अपहरण गरेको थियो । उनीहरुमध्ये आधा जसो मात्रै केही वर्षपछि रिहा भएका थिए । केहीले लडाकूहरुसँगै विवाह गरे भने केहीको मृत्यु भएको आंकलन गरिएको थियो। स्कुले विद्यार्थीहरुलाई अपहरण गर्ने र जिहादी लडाकुको रुपमा तयार बनाउने बोको हराम समूहको इतिहास छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.