मिसेस नेपाल टुरिजम भन्छन् : पर्यटन प्रवर्द्धन गर्छौं

मिसेस नेपाल टुरिजम भन्छन् : पर्यटन प्रवर्द्धन गर्छौं

काठमाडौं : ‘मिसेस नेपाल टुरिजम–२०२०’का विजेताद्वय मनिता रिसाल बुढाथोकी र आरती लामाले कोभिड—१९ का कारण शिथिल भएको पर्यटन उद्योग प्रवद्र्धनमा लागिपर्ने बताएका छन्। 

मनिता टाइटल विजेता हुन् भने आरती पब्लिक च्वाइसकी विजेता हुन्। ‘हामी आआफ्नो क्षेत्रबाट नेपालको पर्यटन प्रवद्र्धनमा लागि पर्नेछौं। यही उद्देश्य पूरा गर्न यो प्रतियोगितामा भाग लिएका हौं, उनीहरूले भने।  

स्टार वन प्रालिले आयोजना गरेको प्रतियोगिताकी विजेता काठमाडौँ बाफलकी मनिता रिसालले सानैदेखिको आफ्नो रहर पूरा भएको बताइन्। नेपाल पर्यटन उद्योगका लागि सम्भावनै सम्भावना भएको देशको रूपमा उनले बुझेकी छन्। यसका लागि यहाँको कला, संस्कृति र धार्मिक आस्थाको संरक्षण गर्नुपर्नेमा उनको जोड छ। भन्छिन्, ‘पर्यटक भित्र्याउन ठूला योजनाभन्दा पनिस्थानीय रहनसहनको संरक्षण गर्न जरुरी छ। हाम्रा हिमाल, पहाड र खोंचहरू प्रशस्त आम्दानीको माध्यम बन्न सक्छन्।’ उनी अप्रिलमा बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा नेपालबाट सहभागिता जनाउन यहाँको मौलिक प्रस्तुति दिने तयारीमा छिन्। मनितालाई फरक ठाउँमा गएर विभिन्न प्रकारका मानिससँग संगत गर्न मनपर्छ। बेलायत बसेर ६ वर्षसम्म क्रुजमा काम गर्दा विभिन्न देश घुम्ने र मानिसहरूसँग संगत गर्ने मौका पाइन्। एक वर्षअघि नेपाल फर्किएपछि उनी पर्यटन प्रवद्र्धन काम गर्न लागि परेकी छन्। 

मनिता क्वाटवाक गर्न, नाच्न गाउन र मिडियामा काम गर्न मन पराउँथिन् तर विवाहपछि बालबच्चा तथा परिवारको जिम्मेवारीले रहरको पेसामा लाग्न पाएकी थिइनन्। सामाजिक काम गर्न मन पराउँछिन्। 

यस्तै ‘पब्लिक च्वाइस’ विजेता आरती काभ्रे नमोबुद्धकी बासिन्दा हुन्। उनी पेसाले फेसन डिजाइनर हुन्। उनलाई महिलाहरू स्वावलम्बी बनेर काम गरेको मनपर्छ। आफ्नै गार्मेन्ट उद्योग खोलेर २५/३० जनालाई रोजगारी दिएकी उनी नेपाली उत्पादनमा खटिएकी छन्। बुटिकमार्फत नेपाली डिजाइनलाई विदेशी बजारमा पुर्‍याउँछिन्। 

व्यवसायमा सफल भए पनि आरतीलाई पब्लिक परिचय बनाउनुपर्छ भन्ने लाग्थ्यो। यसैले पनि आफू सुहाउँदो कार्यक्रम पर्खेर बसेकी थिइन्। उनले मिसेस नेपाल टुरिजमलाई उनले त्यो प्लेटर्फमको रूपमा पाइन्। भन्छिन्, ‘मिसेस नेपाल टुरिजमको मेरो यो यात्रा बिल्कुल फरक थियो। तर पनि निकै रमाइलो लाग्यो।’ विजेता बन्नु र पुरस्कार पाउनुभन्दा पनि केही सिक्न सहभागी भएकी उनी आफूले गरिरहेको कामबाटै पर्यटन क्षेत्रमा सहयोग पुर्‍याउने योजनामा छिन्। भन्छिन्, ‘पर्यटकहरू स्थानीयपन, स्थानीय उत्पादन र स्वादका लागि नेपाल घुम्न आउने गर्छन्। हामीले अलिकति व्यवस्थापन गर्‍र्यौं भने पनि पर्यटक भित्र्याउन सक्छौँ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.