साँझ ढलेपछि
एकोहोरो दुख्छ छाती साँझ ढलेपछि
रहरको बिस्कुन’थ्यो गथ्र्यौं ओल्टाइपल्टाई
सपनीमा घरीघरी आउँछिन् जिस्क्याउन
नआएकै हुन्थ्यो जाती साँझ ढलेपछि।
दिनभरि दोबाटोमा आँखा बिछ्याएर
जोर्दै होलिन् तेल बाती साँझ ढलेपछि।
पोल्छ मुटु अतीतले किन एकान्तमा ?
एक्लोपन बन्छ घाती साँझ ढलेपछि।