ठेकेदारले सडक निर्माण अलपत्र छोडेपछि स्थानीय आन्दोलित

ठेकेदारले सडक निर्माण अलपत्र छोडेपछि स्थानीय आन्दोलित

विराटनगर: विराटनगर ५ स्थित कोचाखाल सिटी रोडका स्थानीयहरु सडक निर्माणको माग गर्दै आन्दोलित भएका छन् ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले सो सडक निर्माणको लागि ठेक्का आह्वान गरे पनि ठेकेदारले सडक खनेर अलपत्र छोडेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । चान्दनी चौक र कृषी भवन छोड्ने सो सिटी रोडलाई बनाउन ठेकेदारले खनेर छोड्दा दैनिक दुर्घटना साथै रोडको छुलोले घर बस्ने नसक्ने बनाएपछि आन्दोलनमा उत्रिनु परेको स्थानीय अगुवा अशोक राजवंशीले बताए ।

पटक पटक वडा अध्यक्ष र महानगरपालिकाका मेयर भिम पराजुलीलाई सडक निर्माणमा ध्यान दिन आग्रह गरे पनि कुनै सुनवाइ नभएको उनको गुनासो छ ।

सडक खनेर अलपत्र छोडेको लामो समयदेखि लाग्ने सप्ताहिक हाट समेत लाग्न नसेको रावजवंशीले बताए । सडक निर्माणको ठेक्का विराटनगरका सञ्जय यादवले ९२ लाखमा लिएका हुन् । ठेकेदारले निर्माण ल्याएको गिटी समेत उठाएर लगेपछि सडक नबन्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएको बताउँछन् ।

स्थानीयहरुले सडक निर्माणको माग गर्दै केशलीया नहरमा डाट लगाए सडक अवरुद्ध समेत गरेका छन्  । स्थानीय सन्तोष गुरागाईँका अनुसार सडक खनेर छोड्दा बालबालिका र वृद्धको स्वासप्रस्वासमा समस्या उत्पन्न भएको छ ।

सडकको धुलो घरसम्म पुग्ने भएकाले पनि थप समस्या उत्पन्न भएको उनी बताउँछन् । ठेक्का लागेको एक वर्ष भयो तर कतै सूचना वोर्ड समेत नहुँदा पनि स्थानीय आक्रोशित छन् । ठेकेदारलाई सोध्दा पैसा अभाव भएको बताउने गरेको पनि स्थानीयको भनाइ छ ।

ठेकेदार सञ्जय यादवले भने  मन्त्रालयमा पैसा नभएर काम अघि नबढाएको जनाए । सो सडक खण्ड हुँदै दैनिक एक दर्जन भन्दा विद्यालयहरुको बस र सयौँ मालबाहक गाडी आवतजावत हुने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.