स्लोभाकियाका प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित उच्च अधिकारीहरु कोरोना संक्रमित

स्लोभाकियाका प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित उच्च अधिकारीहरु कोरोना संक्रमित

स्लोभाकिया: स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिकसहित उपप्रधानमन्त्री, रक्षामन्त्री र अरु केही उच्च अधिकारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

प्रधानमन्त्री इगोरले शुक्रबार आफू संक्रमित भएको जानकारी दिएका हुन् । ब्रसेल्समा भएको युरोपेली संघको सम्मेलनमा सहभागी भएको एक सातापछि उनी सङ्क्रमित भएका हुन् ।

उक्त सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी थिए । र उनी केही दिनअघि नै सङ्क्रमित भइसकेका छन् । इगोरले सामाजिक सञ्जालमा समेत आफू संक्रमित भएको कुरा लेखेका छन् । संक्रमणका कारण आफ्नो योजना पूरा हुन कठिन अवस्था देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

इगोरसँगै उपप्रधानमन्त्री भेरोनिक रेमिसोभ, रक्षामन्त्री जारोस्लाभ नाडल्टर र अरु केही उच्च अधिकारीहरु पनि संक्रमित भएका छन् । स्लोभाकियामा कोरोनाभाइरसबाट हालसम्म झण्डै डेढलाख मानिस सङ्क्रमित भएका छन् । साथै एक हजार ४ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.