श्रद्घा र सोनु हटेस्ट भेजिटेरियन

श्रद्घा र सोनु हटेस्ट भेजिटेरियन

मुम्बई : बलिउड अभिनेता सोनु सुद कोरोना कालमा प्रवासी मजदुरका लागि मसिहा बनेर आएका थिए। उनको राम्रा कामको सबैतिर प्रशंसा भयो। उनलाई अहिले एक पुरस्कारबाट सम्मानित गरिएको छ। 

जनावरका लागि सराहनीय काम गर्ने संस्था पिपुल फर दी एथिकल ट्रिटमेन्ट अफ एनिमल (पेटा)ले यो वर्षका दुई हटेस्ट भेजिटेरियन छानेको छ। उनीहरू बलिउडका कलाकार सोनु सुद र श्रद्धा कपुर हुन्।

पेटाले सोनु र श्रद्धालाई सन् २०२० का लागि हटेस्ट भेजिटेरियन चुनेको हो। सोनुले पेटाको ‘प्रो भेजिटेरियन प्रिन्ट इन्डिया क्याम्पेन’ र ‘हग अ भेजिटेरियन डे’मा भाग लिएका थिए। यसका साथै उनले सोसल मिडियामा एक आन्दोलन पनि चलाएका थिए; जसमा फास्टफुड आउटलेट चेन कम्पनी म्याकडोनल्ड्ससँग भनिएको थियो, ‘उसले आफ्नो मेन्युमा भिगन बर्गरलाई महŒव देओस्।’ यसका सथै सोनुले एक पटक परेवाको ज्यान पनि बचाएका थिए। यस्तै श्रद्धाले पेटा कुक बुकबाट प्रेरणा लिएर ननभेज खाना खान छोडेकी थिइन्। अहिले श्रद्धा जुनसुकै समारोहमा पनि जनावरका बारेमा कुरा गर्छिन्। यसबारे पेटा भन्छ,  ‘जब यी दुई स्टार खाना खान बस्छन्, उनीहरू दुनियाँमा परिवर्तन ल्याउन खोज्छन्। त्यसैले हामी यी दुवैलाई सम्मान गर्छौं।’ 

पिपुल फर दी एथिकल ट्रिटमेन्ट अफ एनिमल (पेटा)को अघि यो अवार्ड जित्नेहरूमा पीएम नरेन्द्र मोदी, अमिताभ बच्चन, रेखा, अनुष्का शर्मा, सुनील सेट्ठी, कंगना रनौट, शाहिद कपुर, कार्तिक आर्यन, विद्युत् जामवाल र मानुषी छिल्लर छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.