हिंसाविरुद्ध बालिका

हिंसाविरुद्ध बालिका

बर्दिबास/जनकपुरधाम : शनिबार दिउँसो २ बज्दै थियो। सडकमा गाडी हुइँकिँदै थिए। महोत्तरीको बर्दिबास चोक भरिभराउ देखिन्थ्यो। सबैलाई हतार थियो। तर, एक हुल बालिकाले सबैको ध्यान आफूतिर ताने।

‘भविष्य बनाउन हिँडेको म, बलात्कृत भएर फर्किएँ’ लेखिएको प्ले–कार्डमा बालिकाको पीडाबारे सिट्ठी बजाएर उनीहरू भन्दै थिए, ‘चुप लागेर बस्दैनौं, न्याय मर्न दिँदैनौं, न्याय देऊ सरकार।’  उनीहरू सबै कालो पोसाकमा थिए। आँखामा पनि कालै पट्टी बाँधिएको थियो। सुन्दर सपना बोकेर घरबाट बाहिर निस्किएकी बालिकाको भविष्य यौनपिपासुले निमोठ्ने गरेका छन्।

गल्र्स फर गल्र्स बर्दिबास नेपालको आगुवाइमा देशमा बढ्दै गरेको बालिका हिंसाविरुद्ध बर्दिबासमा गरिएको प्रदर्शनको यो शैली नौलो देखिन्थ्यो। प्रदर्शनको लाम एकैछिनमा सिन्धुली जाने तीनकुनेमा गएर गोलो घेरामा परिणत भयो। गीति शैलीमा महिला हिंसाको विरोधमा बालिकाले नृत्य सुरु गरिन्। कामले  गन्तव्यमा हिँडेकाहरू रोकिएर दर्शक बने। आँखामा कालो पट्टी बाँधेकी बालिकाले कान थुनेर न्यायालय र प्रहरीको कामकारबाहीमाथि व्यंग्य गरिन्। 

कालो लुगा लगाएका बालिकाले सिट्ठी बजाउँदै महिला तथा बालिका हिंसाको विरोधमा प्रदर्शन गरेका हुन्। १२ महिनामा यस प्रदेशका आठै जिल्लामा गरी १ सय ५० जना बलात्कृत भएका छन्।  
गत मंसिर ७ गते साँझ बर्दिबास–१४ शुभम् बस्तीकी ६ वर्षीया गुलाब्स खातुनको बलात्कार गरी हत्या गरिएको थियो। गौशालाका अरुण साहले उनको जीवन समाप्त पारेका प्रहरीले जनाएको छ। 

उनले बालिकाको हत्या गरेर शव बोरामा हाली घरपछाडिको झाडीमा फालेका थिए। बालिका हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सञ्जय न्यौपानेको ज्यान गएको थियो। भू्रण हत्या, बलात्कार, महिला हिंसा रोक्न राज्यले कठोर कानुन बनाउनुपर्ने माग बालिकाले गरेका छन्। दोषीलाई कडा कारबाही गर्न उनीहरूले सशक्त आवाज उठाएका थिए। ‘नारी छोरी, बुहारी, आमा, हजुरआमाका रूपमा हाम्रो समाजमा छन्। नारीमाथि अत्याचार भयो भने देवीका रूपमा प्रस्तुत हौं,’ गीति शैलीमा आह्वान गरिएको थियो। देवीका रूपमा गल्र्स फर गल्र्स बर्दिबास नेपालकी अध्यक्ष सुप्रिना श्रेष्ठ प्रस्तुत भएकी थिइन्।

जबरजस्ती करणीलाई जघन्य अपराधका रूपमा व्याख्या गरी मुलुकी अपराध संहिता २०७४ मा वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ। तर, कडा सजायको व्यवस्था हुँदाहुँदै पनि प्रदेश २ मा बलात्कारका घटना दिनदिनै बढ्दै गएको छ। 

६ वर्षीया छोरी गुलाब्सा खातुनको बलात्कारपछि हत्याको घटनाअघि जनकपुर उपमहानगरपालिका–१२ कुर्थामा ११ वर्षीया कञ्चनकुमारी पञ्जियारको बलात्कारपछि हत्या भएको थियो। यी दुवै घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइसकेको छ। तर, अपराधीको मनोबल भने झन् झन् बढ्दै गएर सिलसिलेवार रूपमा अमानवीय गतिविधि भइरहेका छन्। 

इन्सेक प्रदेश २ कार्यालय जनकपुरले सार्वजनिक गरेको प्रतिवेदनमा १२ महिनामा १ सय ५० जना बलात्कृतमध्ये १ सय १० जना बालिका छन्। ३२ बालिकाले यौन दुव्र्यवहारको सिकार हुनु 
परेको छ भने बालविवाहका घटनामा ७ जना पीडित भएका छन्। 

अन्य ४० महिला बलात्कारको सिकार भएका छन्। बलात्कार प्रयासका घटनाबाट १९ महिला पीडित भएका छन्। ३ महिलाले यौन दुव्र्यवहार भोग्नु परेको उजुरी गरेका छन्। कथित बोक्सीको आरोपमा १० महिलालाई पीडित बनाइएको छ। कम उमेरका बालिकालाई नियन्त्रणमा लिन सजिलो हुने र उनीहरूले प्रतिकार गर्न पनि नसक्ने हुनाले बढीजसो आपराधिक प्रवृत्तिका व्यक्तिको सिकार बन्ने गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेत बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.