ओलीको कदम अधिनायकवादतर्फ उन्मुख : देउवा

ओलीको कदम अधिनायकवादतर्फ उन्मुख : देउवा

काठमाडौं :  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवाले हतारमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम अधिनायकवादतर्फ उन्मुख रहेको बताएका छन्।

उनले संसद विघटनको सिफारिसको असंवैधानिक भएको प्रतिक्रिया दिँदै प्रधानमन्त्रीको यो कदमको राजनैतिक प्रतिवाद गर्ने समेत बताएका छन्।

उनले ट्वीट गरेका छन्,' अधिनायकवाद उन्मुख यो कदमप्रति कांग्रेसको गम्भीर असहमति छ। संविधान विपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्न । यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।'

प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेपछि यसको चारैतिर विरोध सुरु भएको छ। विभिन्न राजनैतिक पार्टी तथा नेताहरुले यस कदमको विरोध गरेका छन्। नेपाली कांग्रेसले उक्त सिफारिस सदर नगर्न राष्ट्रपतिलाई आग्रह गरेको छ। प्रधानमन्त्रीको कदमको सामाजिक संजालमा पनि चर्को विरोध भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.