ओलीको रिफारिसबारे आन्तरिक छलफलमा जुटिन् राष्ट्रपति
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटनसम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसबारे आन्तरिक छलफलमा जुटेकी छन्। प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रपतिसमक्ष विघटनसम्बन्धी सिफारिस बुझाएर फर्किएपछि आन्तरिक छलफलमा जुटेकी हुन् ।
प्रधानमन्त्रीको सिफारिसबारे राष्ट्रपति भण्डारीले आन्तरिक छलफल सुरु गरेको जनाइएको छ। प्रधानमन्त्रीओलीले आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक डाकेर संसद विघटनको सिफारिस गरेका थिए। प्रधानमन्त्रीको यो कदमको चारैतिर चर्को विरोध सुरु भएको छ।
विभिन्न राजनैतिक पार्टी तथा नेताहरुले यसको विरोध गरेका छन्। नेपाली कांग्रेसले ओलीको यो कदम अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ भने विवेकशील साझा पार्टीले कुको संज्ञा दिएको छ।
संविधानविदहरुले प्रधानमन्त्रीको यो कदम संविधानमाथि 'कू' भएको आरोप लगाएका छन्।