प्रधानमन्त्रीको कदमविरुद्ध दोलखामा पूर्वमाओवादी विद्यार्थीको विरोध प्रदर्शन

प्रधानमन्त्रीको कदमविरुद्ध दोलखामा पूर्वमाओवादी विद्यार्थीको विरोध प्रदर्शन

दोलखा : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिस विरुद्ध पूर्व नेकपा माओवादी विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन्। आइतबार दिउँसो सदरमुकाम चरिकोटमा पूर्व माओवादी विद्यार्थी संगठनका कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध प्रर्दशन गरेका हुन्। 

पूर्व माओवादी विद्यार्थी संगठनका करिब एकदर्जन नेता तथा कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाएर विरोध प्रदर्शन गरेका हुन्। विद्यार्थीहरुले प्रतिगामी केपी ओली मूर्दाबाद, केपी चोर देश छोड्, संसद विघटन फिर्ता गर् भन्ने नारा लगाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.