अछामका छाउगोठ फेरि भत्काईँदै

अछामका छाउगोठ फेरि भत्काईँदै

अछाम : अछाममा फेरि छाउगोठ भत्काउन अभियान सुरु भएको छ। यसअघि भत्काइएपछि पुन: बनेका र भत्काउन बाँकी रहेका छाउगोठ भत्काउन थालिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार दुई दिनको अवधिमा ११ वटा छाउगोठ भत्काइएको छ। जिल्लाको पंचदेवल बिनायक नगरपालिका ५ मा रहेका ११ छाउगोठ भत्काइएको हो। 

फेरि छाउगोठ बन्न थालेपछि दोस्रो चरणको अभियान अन्तर्गत छाउगोठ भत्काउने अभियान थालिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोकर्ण उपाध्यायले बताए। गत मंसिर १५ गते राति साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भएपश्चात् गोठ भत्काउने अभियान तीव्र भएको थियो। फागुनसम्म चलेको यो अभियान कोरोनाका कारण रोकिएको थियो। पालिका र वडाको ध्यान कोरोना व्यवस्थापन रोकथामतिर भएपछि छाउगोठ भत्काउने अभियान ओझेलमा परको थियो। 

चैत ११ देखि भएको लकडाउनपछि छाउगोठको अनुगमन नहुँदा फेरि गोठ बनेका थिए। जसका कारण महिला तथा किशोरीहरू महिनावारी हुँदा छाउगोठमा बस्न थालेको जनप्रतिनिधिले बताएका छन्।

जिल्ला प्रशासन कार्यालयले थालेको दोस्रो चरणको अभियानलाई निरन्तरता दिने प्रजिअ उपाध्यायले बताए। ‘धेरै गोठहरु बनेका छन्। तर यकिन तथ्यांक छैन’, उनले भने, ‘तथ्यांक संकलन गर्ने काम गरिरहेका छौँ। छाउगोठ भत्काउने अभियानमा निरन्तर लाग्नेछौँ।’ उनले विशेषगरी राजनीतिक दलका नेता कार्यकर्ता र जनप्रतिनिधिको घरमा छाउगोठ छ÷छैन भनेर केन्द्रित भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.